Shikhar Insurance

बैंकर डा. बुद्धि मल्लको सफलता सिकाउने पुस्तक सार्वजनिक

सिंहदरबार संवाददाता
२०८० असार ३, आईतवार १०:४६
NIMB
Nabil Bank

काठमाडौं । बैंकर तथा लेखक डा बुद्धि मल्लद्वारा लिखित पुस्तक ‘सफलता सम्भव छ’ को लोकार्पण गरिएको छ । शिखा बुक्सले आयोजना गरेको कार्यक्रममा नविल बैंकका अध्यक्ष उपेन्द्र पौड्याल, एनएमबि बैंकका सिइओ सुनिल केसी, समीक्षक डा. मदन विष्ट, पत्रकार रोहित भण्डारी र लेखक डा मल्लले संयक्तरूपमा सो पुस्तकको लोकार्पण गरे ।

नबिल बैंकका अध्यक्ष पौड्यालले पुस्तक अध्ययन गरिसकेपछि मानिसलाई जीवनमा केही सफल काम गर्नका लागि प्रेरणा जनाउने भएकाले सबैलाई अध्ययन गर्न आग्रह गरे । एनएमबि बैंकका सिइओ केसीले भने, “पुस्तकले सकारात्मक ऊर्जा जगाउने काम गरेको छ ।”

Citizen Life
Kumar Bank
Nepal Life

पुस्तकले आफूलाई कमजोर ठान्नेहरूमा आत्मविश्वास जगाउने र आफूमा रहेका सम्भावनालाई पहिचान गर्दै गम्भीरतापूर्वक अगाडि बढ्न प्रेरणा दिएको लेखक डा मल्लले जानकारी दिए । पुस्तक जीवनमा सफलताका निचोड तथा सुझावबाट समाजमा व्याप्त नकारात्मकता हटाउन सफल हुने उनको विश्वास छ । समीक्षक डा विष्ट र पत्रकार तथा समीक्षक रोहित भण्डारीले पुस्तक पुस्तकमात्र नभएर आत्मविश्वास भएको टिप्पणी गरे । पुस्तक ४१ वटा शीर्षकमा लेखिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्