Shikhar Insurance

राष्ट्रिय बीमा संस्थानमा अध्यक्षको दादागिरी, कर्मचारी बढुवामा हस्तक्षेप, योग्यतामा भने प्रश्न

सिंहदरबार संवाददाता
२०८० असार ५, मंगलवार १८:५५
NIMB
Nabil Bank

काठमाडौं । राष्ट्रिय बीमा संस्थानका अध्यक्ष ईश्वर पौडेलले संस्थानका दैनान्दिन कामहरुमा पनि हस्तक्षेप गर्न थालेका छन् । तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले अध्यक्ष नियुक्त गरेका पौडेलले आफु ‘टुलुटुलु’ हेरेर बस्न नआएको भन्दै कर्मचारीको नियमित बढुवा प्रक्रिया र सरुवाहरुमा पनि हस्तक्षेप गर्न थालेका हुन् ।

उनले संस्थानको एउटा गाडी पनि निस्फिक्री चढिरहेका छन्, जबकी संस्थान अध्यक्षलाई सवारी साधन दिने कुनै नियम छैन् । उनले पछिल्लो पटक लोकसेवा आयोगबाट अघि बढाईएको कर्मचारी बढुवा सम्बन्धी काम रोक्न सञ्चालक समितिबाटै निर्णय गराएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

संस्थानमा मन्त्रीस्तरिय निर्णयबाट तयार भएको कर्मचारी बिनियमावली अनुसार लोकसेवा आयोगको परिक्षा प्रणालीबाट नियुक्त भएका ६७ जना कर्मचारी छन् । सो विनियमावलीलाई सर्वाेच्च अदालतले खारेज गरिसकेको छ तर सोही विनियमावली अनुसार नियुक्त भएका कर्मचारीहरुको बढुवा प्रक्रिया रोक्न दुई जना कर्मचारीले उजुरी हालेका थिए । सोही उजुरीलाई आधार बनाएर उनले बढुवा प्रक्रिया रोक्न सञ्चालक समितिबाट निर्णय गराएका छन् । उनका विरुद्ध कर्मचारीहरुले आन्दोलनको चेतावानी दिएका छन् ।

तत्कालिन माओवादी नेतृ हिसिला यमी पर्यटन मन्त्री हुँदा पौडलले स्वकिय सचिवको जिम्मेवारीमा काम गरेका थिए । स्रोतका अनुसार संस्थानको अध्यक्ष बन्न उनको योग्यता पनि पुग्दैन् । उनी बिएल पास मात्रै भएको स्रोतले बतायो । तर उनले कार्यकारी अध्यक्ष बन्न भन्दै निकै दौडधुप गरेका थिए । अध्यक्ष पौडेलले निक्षेप कहाँ राख्ने, लगानी कहाँ गर्ने भन्ने विषयमा समेत हस्तक्षेप गर्दै आईरहेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्