Shikhar Insurance

बीमा प्राधिकरणको सञ्चालकमा भुपाल बराल, आन्तरिक राजश्व विभाग पनि पठाउने तयारी

सिंहदरबार संवाददाता
२०८० असार ७, बिहीबार १२:१७
NIMB
Nabil Bank

काठमाडौं । बीमा क्षेत्रको नियमाक निकाय नेपाल बीमा प्राधिकरणको सञ्चालकमा भुपाल बराल नियुक्त भएका छन् । सहसचिव बराललाई अर्थमन्त्रालयको प्रतिनिधीमा रुपमा प्राधिकरण सञ्चालक नियुक्त गरिएको हो । हालसम्म अर्थमन्त्रालयको प्रतिनिधीमा रुपमा प्राधिकरण बोर्डमा सहसचिव रितेश शाक्य सञ्चालक थिए । शाक्यलाई तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले प्राधिकरण सञ्चालक बनाएका थिए । शाक्यलाई फिर्ता बोलाएर बराललाई पठाईएको हो ।

हाल बराल अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख छन् । अर्थमन्त्री डा. महतले बरालकै संयोजकत्वमा बजेट लेखन मस्यौदा समिति बनाउका थिए । बराललाई सञ्चालक समिति सदस्य नियुक्त गरिएको पत्र बीमा प्राधिकरणमा पुगिसकेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

बराललाई आन्तरिक राजश्व विभागको महानिर्देक बनाउने तयारी छ । हालको महानिर्देशक दिर्घराज मैनालीले करका दरहरुमा चलखेल गरेर सरकारलाई घेराबन्दीमा पारेको भन्दै चर्काे आलोचना भैरहेको छ । मैनालीलाई असारभित्रै सरुवा गरेर बराललाई बिभाग पठाउने अन्तिम तयारीमा अर्थमन्त्री डा. महत जुटेका छन् । बराल अर्थमन्त्री डा. महतका विश्वास पात्रका रुपमा चिनिन्छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्