Shikhar Insurance

प्रचण्ड सरकार जोखिममा, काँग्रेस–एमाले मिल्ने संकेत

सिंहदरबार संवाददाता
२०८० असार १०, आईतवार १०:५२
NIMB
Nabil Bank

काठमाडौं । नेकपा(माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार संकट उन्मुख हुँदै गएको छ । सरकार संकटको डिलमै पुगेको तथ्यलाई स्वयं प्रधानमन्त्री प्रचण्डले नै सार्वजनिक गसिकेका छन् । उनले केहि दिन अघि मात्रै बरु सरकार जाओस तर कसैसँग झुक्दिन भनेका थिए ।

त्यसको केहि दिनपछि नै प्रचण्डले समाजवादी मोर्चा तयार गर्न भूमिका खेले जसले अब प्रतिनिधी सभामा ६४ सिट बनाएको छ । माओवादी, जसपा, नेकपा(एकिकृत समाजवादी) र विप्लब सहभागी मोर्चा बनेपछि काँग्रेस पनि केहि शसंकित बनेको देखिन्छ । काँग्रेस महामन्त्री गगन थापा स्वयंले काँग्रेस–एमाले मिलेर सरकार बनाउनुपर्ने सार्वजनिक अभिव्यक्ति दिईसकेका छन् । त्यसो त एमालेले पनि दोश्रो तहका नेताहरु मार्फत माओवादी बाहेकको सरकार बनाउन सकिने बताउँदै आएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

बजेट प्रति तिब्र असन्तुष्ठि राख्दै नेकपा(एकिकृत समाजवादी)ले बजेट पास हुन नदिने निर्णय नै गरिसकेको छ । यहि बिचमा काँग्रेस सभापति शेर बहादुर देउवा उपचारको बहानामा विदेश गएका छन् । माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका गृह तथा उप प्रधानमन्त्री नारायणकाजी श्रेष्ठ चिन भ्रमणमा निस्केका छन् ।

पछिल्ला घट्नाक्रमहरुले प्रचण्ड सरकार संकटमा रहेको पुष्टि भैसकेको छ । एकथरीको प्रयास काँग्रेस र एमाले मिलेर सरकार बनाउने तर्फ केन्द्रित छ भने अर्काथरिले पुनः कम्युनिष्टहरुलाई एक बनाएर अघि पठाउनुपर्ने बताईरहेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्