Shikhar Insurance

आज बिहान धनगढी उडेको श्री एयरलाइन्सको जहाजमा समस्या आएपछि काठमाडौं फिर्ता

सिंहदरबार संवाददाता
२०८० असार १०, आईतवार १२:२४
NIMB
Nabil Bank

काठमाडाैं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार बिहान धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा समस्या आएपछि काठमाडौंमै अवतरण भएको हो।

उक्त जहाज आइतबार बिहान ७ः५० बजे उडेको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका बताए।

Citizen Life
Kumar Bank
Nepal Life

तर, जहाजमा प्रेसराइजेसनको समस्या देखिएपछि काठमाडौंमै फिर्ता भएको उनले बताए। उक्त जहाज ८ः२० मिनेटमा काठमाडौं विमानस्थलमा अवतरण गरेको हो। जहाजमा ७९ जना यात्रु थिए।

GBIME

प्रतिक्रिया दिनुहोस्