Shikhar Insurance

सानिमा बैंकद्वारा ३ लाखको बिमा रकम हस्तान्तरण

सिंहदरबार संवाददाता
२०८० असार १०, आईतवार १७:१३
NIMB
Nabil Bank

काठमाडौं। सानिमा बैंकले सानिमा दीर्घायु बचत योजनाअन्तर्गत ३ लाख रुपैयाँको घातक रोगको बिमा दाबी रकम भुक्तानी गरेको छ ।

यस बैंकका खातावाला राममाया अधिकारीलाई सानिमा दीर्घायु बचत योजनाअन्तर्गत ३ लाख रुपैयाँको घातक बिमा रकम भुक्तानी गरिएको छ । सानिमा बैंकका बालाजु कार्यालयका प्रबन्धक रामहरि अधिकारीले बिमा प्रदायक कम्पनी मेटलाइफको संयोजनमा बिमा रकमको चेक हस्तान्तरण गरे । राममाया अधिकारीले सानिमा बैंकको धादिङबेंसी शाखामा उक्त योजनाअन्तर्गत बचत खाता खोलेकी थिइन्।

Citizen Life
Kumar Bank
Nepal Life

सानिमा बैंकले दीर्घायु बचत योजनाअन्तर्गत १० लाखको दुर्घटना बिमा, ३ लाख रुपैयाँसम्मको १३ घातक रोगको उपचार बिमा, १० हजार रुपैयाँसम्मको ओपिडि भुक्तानी शुल्क सहितको ५० हजार रुपैयाँसम्मको औषधि उपचार बिमा, ५० हजार रुपैयाँको आवधिक जीवन बिमा र ५ हजारको वार्षिक स्वास्थ्य परीक्षण सुविधा प्रदान गर्दै आइरहेको छ ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १ सय ३२ वटा कार्यालय तथा १ सय २२ वटा एटिएम सञ्चालनमा छन् ।

 

 

हेमराज संज्याल
प्रमुख निक्षेप
२०८०÷०३÷१०

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्