Shikhar Insurance

नेप्से परिसूचक ५३.७० अंकले गिरावट, ५ अर्ब ८ करोडकाे काराेबार

सिंहदरबार संवाददाता
२०८० असार १७, आईतवार १६:२४
NIMB
Nabil Bank

काठमाडाैं।  नेप्से परिसूचक आइतबार उच्च अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५३.७० अंकले ओरालो लागेर २ हजार ९७.२९ मा सीमित भएको छ ।

ठूला कम्पनीको सेयर कारोबार मापक सेन्सेटिभ परिसूचक १२.२३ अंकले ओरालो लागेर ३९०.५२ मा सीमित भएको छ । कारोबार भएका १३ वटै उपसमूहको सेयर मूल्यमा गिरावट भएको छ । कूल एक करोड १३ लाख २३ हजार एक सय ८३ कित्ता सेयर ५ अर्ब ८ करोड १९ लाख ७६ हजार १ सय ७९ रूपैयाँ बराबरको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

नेप्सेका अनुसार, कारोबारका आधारमा हिमालयन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा छ । सो कम्पनीको ४२ करोड ५६ लाख ५४ हजार ७ सय ७ रूपैयाँबराबरको कारोबार भएको छ । शिवम् सिमेन्ट २७ करोड ५५ लाख ९६ हजार ४ सय २७ रूपैयाँ, सोल्टी होटल २० करोड ८६ लाख ५० हजार ३ सय १६ रूपैयाँ, सूर्यज्योति लाइफ इन्स्योरेन्स १६ करोड ६७ लाख ५७ हजार २ सय ९२ रूपैयाँ र आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १४ करोड ६८ लाख ८१ हजार ८ सय ६७ रूपैयाँ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।

बीपीडब्ल्यू लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । सिटी होटल ९.९८, एनसिसी ऋणपत्र ७.७८, लक्ष्मी इक्विटी फण्ड ५.५६ र लक्ष्मी उन्नति कोषका लगानीकर्ताले ५.४९ प्रतिशतले कमाएका छन् ।

त्यस्तै, सिर्जनशील लघुवित्त ९.३२, माउण्टेन इनर्जी नेपाल ९.१२, गरिमा विकास लघुवित्त ८.०१ एक, साधना लघुवित्त ७.५८ र गुराँस लघुवित्तका लगानकर्ताले ७.३६ प्रतिशतले गुमाएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्