Shikhar Insurance

प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८० बहुमतले पारित

सिंहदरबार संवाददाता
२०८० असार १७, आईतवार १७:०९
NIMB
Nabil Bank

काठमाडाैं। प्रतिनिधिसभाको आजको बैठकले आगामी आर्थिक वर्षका लागि करका दरको प्रबन्ध गरिएको आर्थिक विधेयक, २०८० बहुमतले पारित गरेको छ ।

बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए। विधेयकमाथि परेका संशोधन प्रस्तावहरु बहुमतले अस्वीकृत भएपछि विधेयक पारित भएको हो । विधेयकमाथि सांसदहरु प्रेम सुवाल, सुमना श्रेष्ठ, शिशिर खनालले संशोधन प्रस्ताव पेस गरेका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life

प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक विधेयक, २०८० माथि संशोधनको प्रस्ताव गर्दै सांसद सुवालले एनसेललाई पुँजीगत लाभकरमा छुट दिएकोबारे संसदमा प्रश्न उठाए । सरकारले विभिन्न निजी कम्पनीबाट वर्षौसम्म कर उठाउन नसकेको आरोप उहाँको आरोप छ । सांसद सुवालले हेलो नेपाल मुक्तिश्री’ र ‘सिनर्जी नेपाल’बाट वर्षौसम्म कर उठाउन नसकेको भन्दै सरकारको ध्यानआर्कषण गराए।

सांसद सुमना श्रेष्ठले आर्थिक विधेयक, २०८० माथि संशोधन प्रस्तुत गर्दै भन्सारमा लाग्ने करमाथि प्रश्न उठाए। उनले विद्युतीय धुम्रपानका वस्तुमा भन्सार शुल्क लगाउनुपर्ने बताए। उनले भने, “इलेक्ट्रोनिक चुरोट, व्यक्तिगत विद्युतीय धूमपानका वस्तुमा भन्सार कर लगाइएको छैन । जबकी बालबालिकाले प्रयोग गर्ने पेन्सिल, सार्पनरमा १० प्रतिशत भन्सार कर लगाइएको छ । ”

उनले दैनिक खाद्यान्नमा भ्याट लगाउन नहुने धारणा राखे। यस्तै स्वदेशी उद्योग र उत्पादनका लागि कच्चापदार्थ आयातमा सहज हुने गरी भन्सार शुल्क निर्धारण हुनुपर्नेमा ध्यानआर्कषण गराए। उनले किसानको उत्पादनलाई उचित मूल्य उपलब्ध गराउनेतर्फ समेत ध्यानआर्कषण गराए । सांसद शिशिर खनालले संशोधनको प्रस्ताव राख्दै आन्तरिक उत्पादनमा वृद्धि र पर्यटक भित्र्याउने सरकारको नीतिविपरीत हवाई टिकटमा भ्याट लगाइएको बताए।

GBIME

प्रतिक्रिया दिनुहोस्