Shikhar Insurance

बहुमत पाए मुद्रास्फीति दर कम गर्ने पाकिस्तानी पूर्वप्रधानमन्त्रीको प्रतिबद्धता

सिंहदरबार संवाददाता
२०८० असार १८, सोमबार १४:४१
NIMB
Nabil Bank

इस्लामावाद । पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) का सर्वोच्च नेता एवं पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफले आगामी आमनिर्वाचनबाट बहुमत पाई सत्तामा आएमा देशमा मुद्रास्फीति घटाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पाकिस्तानी समाचार च्यानल जिओ न्यूजका अनुसार नवाजले दुबईमा विभिन्न खाडी मुलुकका पीएमएल–एन प्रतिनिधिमण्डलसँग कुरा गर्दै उक्त टिप्पणी गरेका हुन् । नवाजले सत्तारुढ दल पीएमएल–एनले जनताले भोगिरहेका सबै समस्या र अप्ठ्याराको समाधान गर्ने बताए।

Citizen Life
Kumar Bank
Nepal Life

स्वास्थ्यको कारण देखाउँदै नोभेम्बर २०१९ देखि लण्डनमा बस्दै आएका पूर्वप्रधानमन्त्री नवाज र उनकी छोरी मरियम नवाज जुन २४ मा संयुक्त अरब इमिरेट्स (यूएई) पुगेका हुन् । उनीहरूले पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) का शीर्ष नेता आसिफ अली जरदारी र बिलावल भुट्टो–जरदारीलगायत महत्वपूर्ण पाकिस्तानी नेतासँग आगामी निर्वाचन र पाकिस्तानी समस्याबारे छलफल गरेका हुन् ।

यसै साताको सुरुमा नवाजले जरदारीसँग दुबईको शेख जायद रोडमा रहेको एक होटलमा भेट गरेका थिए। स्रोतहरूलाई उद्धृत गर्दै द न्यूज इन्टरनेसनल पत्रिकाले लेखेको छ, “विधानसभा विघटन, आम निर्वाचनको मिति, पञ्जाबमा सीट समायोजन र अन्य महत्वपूर्ण मुद्दाहरूमा दुई प्रमुख राजनीतिक दलका नेताहरूबीच छलफल भएको थियो ।” सिन्ह्वा

GBIME

प्रतिक्रिया दिनुहोस्