Shikhar Insurance

श्रीलंकामा निजी विश्वविद्यालयहरूमा अध्ययन गर्न विद्यार्थीहरूलाई निर्ब्याजी ऋण व्यवस्था

सिंहदरबार संवाददाता
२०८० असार १८, सोमबार १७:४५
NIMB
Nabil Bank

काेलम्बाे । सन् २०१९ देखि २०२१ सम्म विश्वविद्यालयको प्रवेश परीक्षा दिएका श्रीलंकका विद्यार्थीहरूलाई निजी विश्वविद्यालयहरूमा अध्ययन गर्न चाहेमा निर्ब्याजी ऋणको व्यास्था गरिँदैछ ।

त्यसका लागि मंगलबारदेखि शुक्रबारसम्म आवेदन दिन सकिने वरिष्ठ अधिकारीले बताएका छन् । ऋण योजनाका लागि ५ हजार विद्यार्थी छनोट गर्ने सरकारको योजना रहेको अर्थ राज्यमन्त्री रञ्जित सियाम्बलापिटियाले कोलम्बोमा बताएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

मन्त्रीले छनोट भएका विद्यार्थीहरूले रोजगारमूलक पाठ्यक्रमहरू अपनाउनु पर्नेछ । प्रत्येक विद्यार्थीका लागि सरकारी बैंकबाट उपलब्ध गराइने व्याजरहित ऋण ११ लाख रुपैयाँ (करिब ३ हजार ४ सय अमेरिकी डलर)सम्म रहेको बताइएको छ ।

सन् २०२३ मा विश्वविद्यालय प्रवेश परीक्षामा ३ सय ३३, ७ सयभन्दा बढी विद्यार्थी सहभागी थिए । तीमध्ये केवल ३० हजार विद्यार्थी राज्यको स्वामित्वमा रहेका विश्वविद्यालयहरूमा प्रवेश पाउन सक्छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्