Shikhar Insurance

फिलाडेल्फिया गोलीकाण्डः चार जनाको मृत्यु, चार घाइते

सिंहदरबार संवाददाता
२०८० असार १९, मंगलवार १४:४६
NIMB
Nabil Bank

वासिङ्टन । संयुक्त राज्य अमेरिकाको फिलाडेल्फियामा सोमबार राति भएको गोलीकाण्डमा चार जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।

फिलाडेल्फिया इन्क्वायररले प्रहरीलाई उद्धृत गर्दै जनाएअनुसार एक जना संदिग्ध आक्रमाणकारीलाई हिरासतामा लिइएको छ । दक्षिणपश्चिम फिलाडेल्फियाको किङसेसिङ खण्डमा राइफलबोकेको उसले किशोरमाथि गोली हानेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

फिलाडेल्फिया इन्क्वायररका अनुसार घाइतेलाई तत्काल नजिकको अस्पताल पुर्याइएको थियो । गोली चलेको जानकारी पाउनेबित्तिकै प्रहरीको एउटा टोली आक्रमणस्थलमा पुगेको थियो । एक थान राइफल र एउटा ह्याण्डगन पनि प्रहरीले बरामद गरेको छ । घाइतेको अवस्थाबारे कुनै जानकारी दिइएको छैन ।

गत आइतबार बाल्टिमोरमा भएको यस्तै प्रकृतिको घटनामा दुई जनाले ज्यान गुमाएका थिए भने २८ जना घाइते भएका थिए । सिन्ह्वा

GBIME

प्रतिक्रिया दिनुहोस्