Shikhar Insurance

प्रभु महालक्ष्मी लाइफको संचालक समिति बन्यो, को परे ? को आउट ?

सिंहदरबार संवाददाता
२०८० असार २१, बिहीबार ११:४५
NIMB
Nabil Bank

काठमाडौं । एकिकृत कारोबारको तयारीमा रहेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले सहमति अनुसार संचालक समिति गठन गरेको छ। ७ सदस्यिय संचालक समितिमा प्रभु लाइफको संस्थापक समूहबाट शिक्षा भट्टचन र मिजास भट्टचन तथा महालक्ष्मी लाईफको तर्फबाट उमेश लाल श्रेष्ठ र सुरेश सापकोटा मनोनित भएका छन् । सर्वसाधारण समूहबाट भने दिपक पाण्डे र शंकर गौतम मनोनित भएका छन् ।

२०७९ आषाढ ३० गते भएको मर्जर सम्बन्धी प्रारम्भिक सम्झौता तथा २०८० जेष्ठ ३ गते भएको अन्तिम सम्झौतामा सात सदस्यिय संचालक समिति गठन गर्ने सहमति भएको थियो। स्वतन्त्र संचालकको मनोनयन एकिकृत कारोबार पछिको संचालक समितिले नियुक्त गर्ने सहमति भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

संचालक समितिको अध्यक्षको हकमा एकिकृत कारोबार पछि बस्ने बैठकले मनोनयन गर्ने र प्रभु लाइफको तर्फबाट मनोनित संचालक अध्यक्ष बन्ने लिखित सहमति भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्