Shikhar Insurance

पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी

सिंहदरबार संवाददाता
२०८० असार २१, बिहीबार ११:४९
NIMB
Nabil Bank

इस्लामावाद । पाकिस्तानको व्यापार घाटा अघिल्लो आर्थिक वर्षको तुलनामा ४३ प्रतिशतले घटेको छ। पाकिस्तानको तथ्यांक विभाग (पीबीएस) का अनुसार आर्थिक वर्ष २०२२/२३ को जुलाईदेखि जुनको अवधिमा व्यापार घाटा अघिल्लो आर्थिक वर्षको तुलनामा ४३ प्रतिशतले घटेको हो ।

यो अवधिमा व्यापार घाटा २७ अर्ब ५४ करोड ७० लाख अमेरिकी डलर रहेको छ भने सन् २०२१/२२ को सोही अवधिमा व्यापार घाटा ४८ अर्ब ३५ करोड ४० लाख अमेरिकी डलर रहेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

सन् २०२२/२३ को उक्त अवधिमा पाकिस्तानबाट २७ अर्ब ७४ करोड ४४ लाख अमेरिकी डलरको निर्यात भएको थियो भने गत आर्थिक वर्षमा ३१ अर्ब ७८ करोड २० लाख डलरको निर्यात भएको थियो । यो १२ दशमलव ७१ प्रतिशतले ऋणात्मक वृद्धि हो ।

अर्कोतर्फ, दक्षिण एसियाली मुलुक पाकिस्तानको आयातमा ३१ प्रतिशतले कमी आएको छ, जुन आर्थिक वर्ष २०२१/२२ मा ८०.१३६ बिलियन अमेरिकी डलरबाट घटेर २०२२/२३ मा ५५.२९१ बिलियन अमेरिकी डलरमा झरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्