Shikhar Insurance

आगामी ६ वर्षभित्र बेरोजगारीको संख्या ३ लाखमा झार्ने योजना आयोगको लक्ष्य

सिंहदरबार संवाददाता
२०८० असार २१, बिहीबार १५:४३
NIMB
Nabil Bank

काठमाडौं । सरकारले आगामी ६ वर्षभित्र बेरोजगारको संख्या एकल अङ्कमा झार्ने लक्ष्य लिनेभएको छ । यसका लागि राष्ट्रिय योजना आयोगले समग्र मानव संशाधन विकास योजना तर्जुमा अगाडि बढाउँदै बढाएको छ ।

आयोगका सदस्य डा रमेश पौडेलको संयोजकत्वमा गठित निर्देशक समितिले मानव संशाधन विकास योजनासम्बन्धी प्रतिवेदन तयार पारेर छलफल अघि बढाएको हो । मुलुकभित्रै रोजगारी सिर्जना गरी बेरोजगारीको सङ्ख्या कम गर्ने लक्ष्य राखिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

पौडेलको संयोजकत्वमा प्रधानमन्त्री कार्यालय, अर्थमन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय साथै विश्वविद्यालय तथा नेपाल उद्योग वाणिज्य महासङ्घ, निजी क्षेत्रका विद्यालयलगायतका प्रतिनिधि सदस्य रहने गरी निर्देशक समिति गठन गरेको थियो । निर्देशक समितिमा निजी क्षेत्रका तर्फबाट महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल सदस्य छन्।

समग्र मानव संशाधन विकास योजना तर्जुमालाई अगाडि बढाउन कार्यसर्त तोकेर परामर्शदातालाई प्रतिवेदन तयार गर्न लगाइएको थियो । परामर्शदाताले यही असार २० गते बुधबार प्रतिवेदनको अन्तिम मस्यौदा प्रस्तुतिकरण गरेका छन् ।

मस्यौदा प्रतिवेदनमा नेपालको विद्यमान मानव संशाधनको अवस्था, रोजगारी र बेरोजगारीको अवस्था २०८६ सालसम्म सृजना हुने सम्भाव्य रोजगारीको प्रक्षेपणसहितको विवरण समावेश गरिएको छ ।

देशमा हाल करिब नौ लाख बेरोजगार रहेकोमा विसं २०८६ सम्म तीन लाखमा झार्ने, सार्वजनिक र निजी क्षेत्रमा रोजगारीको विस्तार गर्ने, सीपमूलक तालिमको विस्तार गर्ने लगायतका विषय प्रतिवेदनमा समावेश गरिएको छ ।

यसका लागि सीपयुक्त रोजगारी सिर्जना गर्न मानव संशाधन विकास योजना पनि विस्तृत रुपमा सुझाव दिइएको छ । कूल १४ वटा कार्यक्षेत्रभित्र रहेर विभिन्न सुझाव प्रस्तुत गरिएको छ । मस्यौदालाई थप परिस्कृत र यथार्थ बनाउन निर्देशक समितिका सदस्यबाट प्राप्त सुझावलाई समावेश गर्न समितिको संयोजक डा रमेश पौडेलले निर्देशन दिएका छन्।

अन्तिम प्रतिवेदन प्राप्त भएपछि यसको कार्यान्वयनका लागि राष्ट्रिय योजना आयोगले आवश्यक समन्वय गर्ने समितिका संयोजक डा पौडेलले जानकारी दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्