Shikhar Insurance

बजाजले ल्यायाे दुई नयाँ मोडलका पल्सर एनएस २०० र एनएस १६०, मूल्य कति?

सिंहदरबार संवाददाता
२०८० असार २२, शुक्रबार १२:१७
NIMB
Nabil Bank

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालि(गोल्छा ग्रुप)ले नयाँ पल्सर एनएस २०० र एनएस १६० सार्वजनिक गरेको छ । यी दुवै अत्याधुनिक मोडलहरूले नेपाली राइडरहरूको बाइकिङ अनुभवलाई नयाँँ परिभाषा दिने कम्पनीले विश्वास लिएको छ ।

गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले भने, ‘हाम्रा दुई नयाँ बाइकहरू एनएस २०० र पल्सर एनएस १६० बजारमा ल्याउन पाउँदा हामी एकदमै उत्साहित छौँ । नयाँँ-नयाँँ विशेषता सहितको अत्याधुनिक बाइकहरु ल्याएर हाम्रा राइडरहरुको राइडिङ अनुभवलाई निरन्तर परिष्कृत गर्दै लैजाने हाम्रो प्रतिबद्धता रहने छ । बजाजका यी नयाँँ बाइकहरुले पनि सधैंँ झैँ नेपाली राइडरहरुको विश्वास जित्नेछन् भन्ने विश्वास हामीले लिएका छौँ ।’

Citizen Life
Kumar Bank
Nepal Life

पल्सर एनएस २००

नयाँ पल्सर एनएस २०० युएसडी एक यस्तो दुईपाङ्ग्रे सवारी साधन हो, जुन सडकमा हावी हुने र सवारी गर्ने जोशलाई जगाउन डिजाइन गरिएको हो । यस पल्सर एनएस २०० मा १९९.५ सीसीको लिक्विड कुल्ड तथा फ्युल इन्जेक्सन टेक्नोलोजीसहितको अत्याधुनिक बीएसभीआई इन्जिन रहेको छ । यस मोटरबाइकले ९७५० आरपिएममा २४.५ पिएसको पावर आउटपुट र ८००० आरपिएममा १८.७४ एनएमको टर्क प्रदान गर्दै यो पावरहाउसले रोमाञ्चक एस्क्सिलरेसन र उत्साहजनक पर्फर्मेन्स प्रदान गर्छ ।

पल्सर एनएस १६०

पावर–प्याक्ड र रमाईलो बजाज पल्सर एनएस १६०युएसडी एक गतिशील बाइक हो । जुन राइडरको सवारी अनुभवलाई निखार्न र उनीहरुको नयाँ–नयाँ ठाउँहरु एक्स्प्लोर गर्ने चाहनालाई मुर्तरुप दिन डिजाइन गरिएको हो ।

पल्सर एनएस १६० युएसडी मा १६०.३ सीसीको आयल कुल्ड तथा फ्युल इन्जेक्सन टेक्नोलोजी सहितको बीएसभीआई इन्जिन रहेको छ । ९००० आरएमपीमा १७ पीएसको अधिकतम पावर र ७२५० आरएमपीमा १४.६ एनएमको टर्क प्रदान गर्दै यो पावर हाउसले रोमाञ्चक गति र प्रतिक्रियाशील कार्यसम्पादन दिन्छ ।

राम्रो नियन्त्रण र सुरक्षालाई मध्यनजर गर्दै डिजाइन गरिएका यी दुबै पल्सरमा अगाडि ३०० एमएमको डिस्क ब्रेक र पछाडिको २३० एमएमको डिस्क ब्रेक प्रदान गरिएको छ जसले गर्दा तपाईंले निश्चित स्टपिङ पावर र भरपर्दो नियन्त्रणको साथ जस्तोसुकै सडकमा पनि निर्धक्क भई चलाउन सक्नुहुन्छ । यी दुवै बाइकहरुमा राईडर्स सेफ्टीलाई पहिलो प्राथमिकतामा राख्दै बजाजले डुअल च्यानल एबीएस प्रणाली अपनाएको छ जसले ब्रेकमा अझै राम्रो कन्ट्रोल र स्थिरता प्रदान गर्ने कम्पनीले जनाएकाे छ ।

यी दुवैमा ३३ एमएम अपसाइड डाउन फ्रन्ट सस्पेन्सन र क्यानिस्टर सहितको रियर नाइट्रोक्स मोनो शक सस्पेन्सनको संयोजनमा राईडरले कुनै पनि सडकमा सजिलैसँग चलाउन सक्नेछन् र सहज अनि आरामदायी सवारीको मजा लिन सक्नेछन् ।

पल्सर एनएस २०० र एनएस १६० अहिले नेपाली बजारमा क्रमशः ४ लाख २४ हजार ९ सय रुपैयाँ र ३ लाख ८४ हजार ९ रुपैयाँमा उपलब्ध छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्