Shikhar Insurance

कागजात शङ्कास्पद देखिएको भन्दै जोर्डन जान लागेका १४ महिलासहित १५ जना रोकिए

सिंहदरबार संवाददाता
२०८० असार २५, सोमबार ११:०१
NIMB
Nabil Bank

काठमाडाैं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जोर्डन जान लागेका १५ जना त्यसतर्फ जानबाट रोकिएका छन् ।

उनीहरूको कागजात अध्ययन गर्दा केही शङ्कास्पद देखिएकाले अनुसन्धानका लागि रोकिएको अध्यागमन विभागले जनाएको छ।

Citizen Life
Kumar Bank
Nepal Life

जोर्डन जान लागेकामा एक पुरुष र १४ जना महिला छन् । विभागका महानिर्देशक झलकराम अधिकारीले डकुमेन्टहरू शङ्कास्पद देखिएकाले उनीहरूलाई अध्यागमन विभागबाट खटिएका कर्मचारीले त्यसतर्फ जानबाट रोकेको जानकारी दिए।

उनले भने, “उक्त विषयमा अध्ययन हुँदैछ, भोलि छलफलका लागि बोलाएका छौँ, व्यवसायीहरू पनि आउनुहोला, अनि उपयुक्त निर्णय हुनेछ ।”

उनका अनुसार आधिकारिक रूपमा श्रम स्वीकृति नदेखिएको पाइएको छ । उनीहरूको श्रम स्वीकृति अनलाइनमा पनि नदेखिएको विभागको भनाइ छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्