Shikhar Insurance

टिभीएस आपचे आरआर ३१० मोटरसाइकलद्वारा कीर्तिमान

सिंहदरबार संवाददाता
२०८० असार २६, मंगलवार १२:१२
NIMB
Nabil Bank

काठमाडौं । टिभीएस मोटर कम्पनीले आपोलो आल्फा एच१ टायर्स सुसज्जित टिभीएस आपचे आरआर ३१० मोटरसाइकलमार्फत नयाँ भारतीय राष्ट्रिय स्पिड इन्ड्योरेन्सको कीर्तिमान कायम गरेको छ ।

२४ घण्टे स्पिड इन्ड्योरेन्स चुनौतीको भागका रूपमा, कम्पनीले एनएट्रयाक्स (एसियाकै सबैभन्दा लामो हाइस्पिड ट्रयाक–एफएमएससीआईद्वारा प्रमाणित), इन्दौरमा ३,६५७.९२ केएमएसको यो कीर्तिमान कायम गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

साे टिभीएस रेसिङद्वारा अदृतीय ट्रयाक वेपनकारपमा निर्माण गरिएको टिभीएस आपाचे आरआर ३१०, यसको असाधारण शक्ति र एजिलिटीका लागि प्रख्यात छ । १७३ किलोमिटर प्रतिघण्टाको अधिकतम गति र १५२ किमी प्रति घण्टाको औसत गतिका साथ टिभीएस आपाचे आरआर ३१० ले रेसट्रयाकमा आफ्नो प्रभुत्व प्रमाणित गर्दै आफ्नो विश्वसनियता तथा सुदृढ गरेको हो ।

साे कम्पनीको “ट्रयाक टू रोड” दर्शनको प्रवर्द्धन गर्दै, टिभीएस आपाचे सिरिजले भर्खरै ५० लाख विश्वव्यापी बिक्रीको महत्वपूर्ण कोसेढुंग प्राप्त गर्न सफल भएको छ । यसले विश्वव्यापी ग्राहकहरूको विश्वास र वफादारी कमाउँदै सबैभन्दा तीव्र गतिमा वृद्धि हात पार्न सफल प्रिमियम मोटरसाइकलका रूपमा कम्पनीको प्रतिष्ठालाई नयाँ उचाइ प्रदान गरेको छ ।

“यो सफलता नवीनता र कार्यसम्पादनप्रति हाम्रो दृढ प्रतिबद्धताको प्रमाण हो । टिभीएस आपचे आरआर ३१० द्वारा ट्रयाकमा प्रस्तुत असाधारण कार्यसम्पादनले यसको अत्याधुनिक प्रविधि र अटल विश्वसनीयताको प्रमाण दिन्छ । यो हामी सबका लागि गर्वको क्षण हो,” कम्पनीका हेड बिजनेस विमल सुम्ब्लीले भने, “यो कीर्तिमानी उपलब्धिले टिभीएस आपाचेलाई मोटरसाइकलको संसारमा एक सच्चा च्याम्पियनको रूपमा स्थापित गरिदिएको छ ।”

GBIME

प्रतिक्रिया दिनुहोस्