Shikhar Insurance

बनेपाको साल्ट ट्रेडिङमा रासायनिक मलको दुरुपयोग, रंगेहात समातियो सरस्वती सहकारी

सिंहदरबार संवाददाता
२०८० असार २६, मंगलवार १२:२६
NIMB
Nabil Bank

काठमाडौं । बनेपास्थित साल्ट ट्रेडिङले बितरण गर्ने रासायनिक मलमा दुरुपयोग भएको भेटिएको छ । सोमबार विशेष निगरानीमार्फत रासायनिक मलको दुरुपयोग हुने पुष्टि भएको हो ।

जिल्लामा मल वितरणमा कालोबजारी बढेको र किसानले रासायनिक मल नपाएको गुनासो बढेपछि युवा संघ नेपाल काभ्रेले विशेष निगरानीमार्फत मलको दुरुपयोग पत्ता लगाउन जुटेको थियो । त्यहीँ सिलसिलामा साल्ट ट्रेडिङ बनेपाबाट धुलिखेल नगरपालिका वडा नम्बर ७ मा रहेको सरस्वती कृषि सहकारीलाई दिइएको ३० बोरा डीएपी मलमा दुरुपयोग भएको पाइएको युवा संघ नेपालका केन्द्रीय सचिव भेषराज शाहले बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

सरस्वती कृषि सहकारीका अध्यक्ष जेके श्रेष्ठले धुलिखेलका किसानका लागि भनेर साल्ट ट्रेडिङबाट ३० बोरा रासायनिक मल लगेका थिए । तर, उक्त मल धुलिखेल नभएर पाँचखाल लैजाँदै गर्दा बाटोमै जफत गरिएको छ । अध्यक्ष श्रेष्ठले प्रतिबोरा ३ हजार पाउने गरी पाँचखाल बेच्न पठाएको युवा संघका सचिव शाहले बताए ।

एक गाडीमार्फत लगिएको उक्त मललाई बाटोमै युवा संघले नियन्त्रणमा लिएको थियो। कमिसन खाएर मल दिइएको सूचना पाएपछि युवा संघ विशेष निगरानीमा लागेको र मल लगेको प्रमाण माग्दा दुरुपयोग भेटिएको उनले बताए । पाँचखालमा प्रतिबोरा ३ हजारमा पठाएर सहकारीले ६ सय ३० कमिसन खाएको भेटिएको छ । पाँचखालबाट व्यापारीले ३ हजार ५ सयसम्ममा किसानलाई मल बेच्ने गरेको जनाइएको छ ।

साल्ट ट्रेडिङले सरस्वती सहकारीलाई छुट्टाएको कोटा ३ सय १० हो । तर, यो सहकारीलाई साल्टले १ हजार ३ सय ७ बोरा मल दिएको पाइएको छ । चालु आवमा साल्ट ट्रेडिङले वितरण गर्ने मलको रिपोर्ट माग्दा उक्त प्रमाण भेटिएको छ।

साल्टले कोटाभन्दा कयौं गुणा बढी मल सहकारीलाई किन दिएको यस विषयमा थप अनुसन्धान हुने जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक गौतमले बताए । यस बिषयमा साल्टको कार्यालय बनेपा पुगेका जिसस प्रमुख गौतमले आफूले यस बिषयलाई मसिनो गरी अनुसन्धान गर्ने र दोषी माथि कारबाहीको प्रक्रिया अगाडि बढाउने जानकारी दिए ।

यता रासायनिक मलको दुरुपयोग भएको विषयलाई कृषि तथा पशुपन्छी बिकास मन्त्रालयमा जानकारी दिइएको छ । मन्त्रालयले आवश्यक अनुसन्धान गर्ने जनाएको छ। अनुदानको मल बितरणको जिम्मेवारी पाएको साल्ट ट्रेडिङबाट किन यस्तो भएको हो यसको छानबिन हुने मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय रासायनिक मलको दुरुपयोग हुन थालेको सूचना पाएपछि कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुसालले मातहतका निकायलाई नियमनको लागि निर्देशन दिएका छन् । रासायनिक मलको अभाव नभएको बेलामा किसानले मल नपाउने स्थिति आउनु दुःखद भएको भन्दै मल बितरण प्रणालीमा मन्त्री भुसालले चासो राख्दै आएका छन् । यहीँ बेला काभ्रेमा अनियमितता भेटिएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्