Shikhar Insurance

६ महिनाभित्र सबैका रकम भुक्तानी हुनेछः देउराली सहकारी

सिंहदरबार संवाददाता
२०८० असार २८, बिहीबार १३:४०
NIMB
Nabil Bank

काठमाडौं । ललितुरको सातदोबाटोमा केन्द्रीय कार्यालय रहेको देउराली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रवीन्द्र चौलागाईंले बैंकबाट लिएको कर्जाको विषय र सहकारीको बचतकर्ताहरुको रकम फिर्ताको विषयलाई लिएर केही दिनदेखि कतिपय सञ्चार माध्यममा फैलाएको अफवाहप्रति आपत्ति जनाएका छन् ।

बजारमा छरिएका अर्नगल प्रचार र भ्रमकोपछि नलाग्न सबै बचतकर्ता तथा वित्तीय संस्थाहरुलाई उनले अनुरोध गरेका छन् । अध्यक्ष चौलागाईंले विज्ञप्तिमा ६ महिनाभित्र बचतकर्ताहरुको साँवा र ब्याज तिर्ने प्रतिबद्धता जाहेर गरेका छन् । बचतकर्ताहरुको बचत रकम फिर्ताको कार्ययोजना बनाइ उनले सहकारी विभागलाई पेस गरिसकेको बताएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

बचतकर्ताहरुको बचतको रकम फिर्ताको विवरण हेर्दा सहकारीमा त्यति ठूलो समस्या नभई परिस्थितिजन्य समस्या रहेको बुझिएको छ । सहकारीमा बचतकर्ताहरुको २०८० असार अन्तिम सातासम्म साँवा र ब्याजसहित फिर्ता गर्न बाँकी रकम ५४ करोड मात्रै रहेको देखिएको छ ।

अध्यक्ष चौलागाइले जारी गरेको विज्ञप्तिमा देशका विभिन्न ठाउँहरु जस्तै झापाको साविक शिवगन्ज, सुनसरीको पूर्वकुशाहा, काठमाडौंको साविक टल्कडुडे भन्ने ठाउँमा जग्गाहरु रहेको देखिन्छ । ती जग्गाहरुको बजार मूल्य ७० करोड रुपैयाँ बराबरको भए पनि हालको विषम परिस्थितिका कारण बेचबिखन गर्न केही अप्ठेरो परेको विज्ञप्तिमा उल्लेख छ ।

देउरालीले आफ्नो विज्ञप्तिमा बचतकर्ताले माग गरेबमोजिम सबै रकम यही साउनदेखि पुस मसान्तसम्ममा भुक्तानी तथा बचत फिर्ता गर्ने, पाकेको ब्याज साउन मसान्तसम्म भुक्तानी गर्ने उल्लेख गरेको छ । त्यसैगरी प्रत्येक महिना बचत फिर्ताको विवरण सहकारी विभाग र प्रदेश रजिष्टारको कार्यालयमा पेस गर्ने, बचत फिर्ता गर्दा कार्ययोजना बमोजिम सबैभन्दा कम जम्मा गरेका सदस्यहरुलाई प्राथमिकता दिने प्रतिबद्धता जाहेर गरेको छ । केही ठूला बचतकर्ताहरुलाई उनीहरुले चाहेमा उचित मूल्यमा जग्गाहरु समेतबाट बचत फिर्ता गर्ने बताएका छन् ।

बचतकर्ताहरुलाई विगतको जस्तै धर्य गरी माया गर्न विज्ञप्तिमा उल्लेख गरिएको छ । डोमा कर्मा गुरुङको नाममा दर्ता कायम रहेको जग्गा देउराली बहुउद्देश्यीय सहकारी संस्था लिको दायित्व भुक्तान दिने सम्बन्धमा स्थानीय वडा कार्यालयबाट प्रमाणित गरेर एक हप्ताभित्र सहकारी विभागमा पेस गर्न सञ्चालक समितिका पदाधिकारीहरुसमेत प्रतिबद्ध छन् ।

अध्यक्ष चौलागाईं भन्छन्, ‘सेञ्चुरी बैंक हालको प्रभु बैंकमा भएको कर्जामा धितो स्वरुप आफ्नो नाममा रहेको, श्रीमती पूजा खत्री र दाइ राजेन्द्र खत्रीको नाममा रहेको कीर्तिपुर काठमाडौंको ४ रोपनी जग्गा, ललितपुर काठमाडौं र भक्तपुरमा गरी ८ वटा घर, ललितपुर ढोलाहिटीमा २ रोपनी जग्गा, धापाखेलमा २ रोपनी जग्गा, भक्तपुर सूर्यविनायकको ११ रोपनी जग्गा, पाँचखाल नगरपालिकासँगैको ९ रोपनी जग्गा, झापा दमकको ३ बिघा जग्गा, भैंसेपाटी आवासमा १ रोपनीमा बनेको घर, विराटनगरको ४ बिघामा भएको अन्नपूर्ण डिष्टिलरी जस्ताा करिब ५ अर्ब बराबरको सम्पति धितोमा रहेको बताएको छ ।

सिटिजन्स बैंकमा ललितपुर लेलेस्थित १२ रोपनी जग्गामा आधुनिक कुखुरा फर्म ८ वटा छन् जसको मूल्य ५० करोडमाथि छ । यस्तै गरेर हालको नेपाल इन्भेस्टमेन्ट बैंकमा सातदोबाटो मेनरोडमा २१ आना जग्गा, १६ हजार स्क्वायर फिटको गोदाम, कीर्तिपुरको २ रोपनी जग्गा, धोबीघाटको मेनरोडको १० आना जग्गा, ललितपुर ठैबको एक रोपनी जग्गा, ललितपुर हरिसिद्धीको ८ आना जग्गा, इमाडोलमा एक रोपनीमा जग्गा र घर रहेको छ । जसको मूल्य एक अर्बभन्दा माथि छ ।
एनआईसी एसिया बैंकमा पुजा मार्केटिङ प्रालिको कुनै कर्जा नभएको र माछापुछ्रे बैंकमा लुभुको ८ रोपनी जग्गा राखी विभिन्न कृषि व्यवसाय युनिलिभर नेपाल, डाबर नेपाल, गोर्खा ब्रुअरी जस्ता कम्पनीको एजेन्सीको लागि बैंकले कर्जा दिएको बताइएको छ ।

देउराली सहकारीका अध्यक्षलगायत उनको टिम भागको छैन, व्यवहार मिलाउँदै छन् । सो कुरामा ढुक्क भए हुन्छ, उनले भनेका छन् । उनी ३० भन्दा बढी ठूला कर्जा लगेकाहरुलाई अविलम्ब भुक्तानी गर्न आग्रह गरेका छन् । सहकारीले कर्जा प्रवाहमा ठूलो रकम गएको र सो रकम उठ्दा कुनै खालको समस्या नआउनेसमेत बताएका छन्।

देउरालीका बचतकर्ताको बाँकी बचत फिर्ता नगरुन्जेलसम्म अध्यक्ष चौलागाईंलगायत सञ्चालक समिति र परिवारको सम्पत्ति लिलाम नगर्न सहकारी विभागले पुस मसान्तसम्मको समय दिइएको पनि उनले बताए । सो समयभित्र कुनै पनि बैंक तथा वित्तीय संस्था, व्यक्तिले आफ्ना सम्पत्ति लिलाम गरेमा भोगचलन गर्न नदिने, बैंकहरुविरुद्ध आन्दोलनमा उत्रने बताएका छन् । आफ्नो स्वार्थ र बैंकको लक्ष्य पूरा गर्ने उद्देश्यले चौलागाईंलाई ६.५० प्रतिशतमा गरेको लगानी अहिले १६ प्रतिशतसम्म ब्याज र पेनाल्टी थपी लीलाम गरेमा सयौं व्यवसायी र हजारौं बचतकर्ता सडक आन्दोलनमा उत्रने उनले बताएका छन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्