Shikhar Insurance

लक्ष्मी सनराइजको एकीकृत कारोबार सुरु, कस्तो बन्यो बैंक ?

सिंहदरबार संवाददाता
२०८० असार २९, शुक्रबार १०:४६
NIMB
Nabil Bank

काठमाडौं । लक्ष्मी सनराइज बैंकको एकीकृत कारोबार सुरु भएको छ । लक्ष्मी बैंक र सनराइज बैंक मर्ज भएर लक्ष्मी सनराइजका नामबाट एकीकृत कारोबार आरम्भ गरेका हुन् । दुई बैंकले एक बराबर एकको सेयर स्वाप रेसियोमा मर्ज गर्ने निर्णय गरेका थिए । नेपाल राष्ट्र बैंकले यो मर्जरलाई असार २२ गते अन्तिम स्वीकृति दिएको थियो ।

मर्जरपछि लक्ष्मी सनराइजको चुक्ता पुँजी २० अर्ब ६६ करोड रुपैयाँ कायम भएको छ । हाल लक्ष्मी बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड छ भने सनराइज बैंकको १० अर्ब ११ करोड रुपैयाँ छ । एकीकृत बैंकको जगेडा कोषमा १२ अर्ब ८२ करोड पुग्नेछ । त्यस्तै निक्षेप २ खर्ब ८१ अर्ब र कर्जा प्रवाह २ खर्ब ५० अर्ब बढी कायम हुनेछ । लक्ष्मी सनराइजको शाखा २८४ वटा पुग्नेछ भने कर्मचारीहरुको संख्या ३ हजार १ सय ७० पुग्नेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

मर्जपछि लक्ष्मी बैंकको तर्फबाट ४ जना र सनराइजको तर्फबाट ३ जना रहनेछन् । लक्ष्मी बैंकको तर्फबाट रमण नेपाल, डा. मनीष थापा, स्वाती रुङ्गटा र विद्या बस्नेत सञ्चालक बन्ने छन् । सनराइजबाट भने बच्छराज तातेड र मालचन्द दुगड संचालक रहनेछन् । लक्ष्मी सनराइजको सीईओ अजय बिक्रम शाह कायम रहनेछन् । उनी हालसम्म लक्ष्मी बैंकका सीईओ थिए । सनराइजका सीईओ सुमन शर्माले बैंकबाट बिदा लिएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्