Shikhar Insurance

पहिराेले दरखोला दोस्रो ४२ किलोवाट लघुजलविद्युत् परियोजनामा क्षति

सिंहदरबार संवाददाता
२०८० असार २९, शुक्रबार १०:५५
NIMB
Nabil Bank

बेनी । म्याग्दीको धाैलागिरि गाउँपालिका–२ लुलाङस्थित ४२ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत् परियोजनाको विद्युतगृहमा पहिराले क्षति पुर्याएको छ ।

बिहीबार मरेनीस्थित विद्युतगृह माथिको भिरबाट खसेको पहिराले विद्युतगृहमा क्षति भएको हो । विद्युतगृहको उपकरण पहिराले पुरिएर क्षति भएको वडाध्यक्ष अकप्रसाद विकले बताए । उनका अनुसार कतिपय उपकरण पहिराले दरमखोलाको बगरसम्म नै पुर्याएको छ । मुख्य पाइप लाइनमा समेत क्षति भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

विद्युत् आपूर्ति बन्द भएपछि सिङ्गो वडा नं २ का बासिन्दा बिजुलीबाट बञ्चित भएका छन् । घरेलु उद्योग बन्द भएका स्थानीय भक्त सिङ्किजा पुनले जानकारी दिए। परियोजनाबाट उत्पादन भएको बिजुलीबाट वडा नं २ का लुलाङ, लमसुङ र खोरियाका करिब चार सय परिवार लाभान्वित भएका थिए ।

दुई वर्षअघि बाढीले परियोजनाको नहर, बाँध र विद्युत्गृह बगाएपछि गत वर्ष मात्रै मर्मत गरेर यस परियोजनाको विद्युत्गृह नै स्थानान्तरण गरेर परियोजनालाई पुनः सञ्चालनमा ल्याइएको थियो । लाखौं खर्च गरेर मर्मत गरी सञ्चालनमा ल्याएको परियोजनाको विद्युतगृह एक वर्षमै पहिराले क्षति पुर्याएको छ । स्थानीयवासीले परियोजनाको मर्मत सुधारसँगै केन्द्रीय विद्युतीकरणको पहुँच विस्तारमा ध्यान दिन माग गरेका छन् । परियोजना पुनःनिर्माणका लागि दुई वर्षअघि गाउँपालिकाले १२ लाख रूपैयाँ र स्थानीय पूर्वाधार विकास कार्यक्रममार्फत १० लाख रूपैयाँ खर्च भएको थियो ।

विसं २०७६ मा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको ८५ लाख ९७ हजार रूपैयाँ, जनश्रमदान ३३ लाख रूपैयाँ, गाउँपालिकाको ५० लाख रूपैयाँ र स्थानीयवासीबाट चन्दा संकलन गरी परियोजना निर्माण गरिएको थियो । यसअघि २०७२ साउनमा जुगेपानीमा आएको पहिराले विद्युतगृह र नहर बगाएपछि मरेनीको फेदीमा परियोजना स्थानान्तरण गरेर पुनःनिर्माण गरिएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्