Shikhar Insurance

एस्ट्रोपडले ल्यायो ज्योतिषशास्त्रीय मान्यतामा आधारित डेटिङ पार्टनर पत्ता लगाउने नयाँ फिचर

सिंहदरबार संवाददाता
२०८० असार २९, शुक्रबार १३:१३
NIMB
Nabil Bank

काठमाडौं ।  नेपाली युवाहरुले निर्माण गरेको डेटिङ एप एस्ट्रोपडले आफ्ना प्रयोगकर्तालाई रोमाञ्चक फिचर थप गरेको हो । युवायुवतीका लागि डेटिङ पार्टनर खोजिदिने उपायसहित एक वर्षअघि नेपाली बजारमा सार्वजनिक भएको एस्ट्रोपडले अब इभेन्टमा सँगै जाने पार्टनर पनि खोज्न सकिने सुविधा सार्वजनिक गरेको छ ।

सहरको कुनै कन्सर्टमा जाँदै हुनुहुन्छ अथवा चलचित्र हेर्ने सोंच बनाउँदै हुनुहुन्छ । अथवा रमाइलो पार्टीमा सहभागी हुने योजना बनाइरहनुभएको छ । तर, यस्ता इभेन्टमा एक्लैभन्दा कोही मन मिल्ने साथी लिएर जाने रहर छ । त्यस्तै साथी खोजी दिने फिचरसहित एस्ट्रोपड उपस्थित भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

एपमा हालै अपडेट गरिएको एक्सप्लोर फिचरले तपाईंको रुचि साझा गर्ने र इभेन्टसँगै अन्वेषण गर्न चाहने समान विचारधारा भएका व्यक्तिसँग जोडिने रोमाञ्चक उपाय उपलब्ध गराउँछ । यसमा प्रयोगकर्ताहरुले आफ्नो राशिअनुसारको एयर साइन फायर साइन अर्थ साइन तथा वाटर साइन हेरेर आफ्नो डेटिङ पार्टनरका साथमा डेटिङ स्थल छनोट गर्न सक्नेछन् ।

विशेषगरी वायु, अग्नि, जल र पृथ्वीले हाम्रा दैनिक जीवनकार्य र मानवलाई असर पार्ने ज्योतिषशास्त्रीय मान्यताअनुसार यी चिन्हमा आधारित रहेर प्रयोगकर्ताले आफूजस्तै रुचि राख्ने व्यक्ति खोजेर डेट गर्न सक्नेछन्। एक्सप्लोर फिचरमा अप्ट इन गरेर र विशिष्ट घटना वा रुचि चयन गरेर ति गतिविधिमा आफूजस्तै रुचि राख्ने व्यक्ति पत्ता लगाउन सकिन्छ । कन्सर्ट, उत्सव, मेला वा पहिलो डेटको लागी स्मरणीय स्थल जान खोज्दै हुनुहुन्छ भने एस्ट्रोपडको एक्सप्लोर फिचरले त्यो सबै कभर गरेको छ ।

इभेन्टमा यसरी सहभागी बन्नुहोस्

चलचित्र हेर्न जाने साथी खोज्दै हुनुहुन्छ भने एक्सप्लोर स्क्रिनमा नेभिगेट गरेर ‘मुभी डेट’ विकल्पमा छनोट गरेर त्यसमा अप्ट इन गर्नुहोस् । त्यहाँबाट सम्भावित ‘म्याचिङहरू’ मार्फत स्वाइप गर्न सुरु गर्न सक्नुहुन्छ, ज्योतिषीय अनुकूलता मूल्यांकन गर्न सक्नुहुन्छ, र दायाँ स्वाइप गरेर वा एस्ट्रोपड पठाएर आफ्नो रुचि व्यक्त गर्न सकिन्छ । यो अनौठो सुविधाले तपाईंको पहिलो डेटिङका लागि कहाँ जाने भन्ने निर्णय गर्ने रमाईलो र आकर्षक तरिका प्रदान गर्दछ । एस्ट्रोपडको एक्सप्लोर सुविधाले रोमाञ्चक सम्भावनाहरूको ढोका खोल्छ र कुनैपनि इभेन्ट वा समान रुचिको संसारमा जोडिन सहयोग गर्छ ।

कसरी प्रयोग गर्ने ?

एस्ट्रोपड एप खोल्नुहोस् र स्क्रिनको तल–बायाँ कुनामा अवस्थित एक्सप्लोर मेनुमा नेभिगेट गर्नुहोस्। एक्सप्लोर मेनुमा, तपाईँले विशिष्ट घटनाहरू वा रुचिहरू जस्ता विभिन्न विकल्पहरू फेला पार्नेछ । त्यहाँ आफूलाई मन पर्ने इभेन्ट छान्न सकिन्छ । उही इभेन्टमा रुचि राख्ने अन्य व्यक्तिहरू हेर्न, तपाईंले अप्ट इन गर्न आवश्यक छ । त्यहाँ इभेन्टमा अप्ट इन गरिएका प्रयोगकर्तालाई मात्र देखाइनेछ । यसले तपाईंलाई इभेन्टको लागि तपाईंको उत्साह साझा गर्ने सम्भावित जोडाहरू हेर्न र कनेक्ट गर्न अनुमति दिनेछ ।
तपाईंले छनोट गरेपछि आफूजस्तै रुचि, प्रोफाइल, प्राथमिकता र अन्य सान्दर्भिक जानकारी भएका व्यक्तिलाई एक्सप्लोर गर्नुहोस् र ज्योतिषीय अनुकूलता जाँच गर्न सकिन्छ।

नेपाली युवाहरुको टोलीले तयार पारेको नेपालको एकमात्र डेटिङ एप एस्ट्रोपड अहिलेसम्म १ लाखभन्दा बढी युवायुवतीले प्रयोग गर्दै आएका छन् । यो एपमार्फत युवायुवतीले सहजै रुपमा आफ्नो रुचि र ज्योतिषीय हिसाबले पनि उपयुक्त व्यक्तिलाई साथी वा जीवनसाथी बनाउन सक्छन् । एस्ट्रोपड आईओएस र एन्ड्रोइड दुवै स्टोरमा उपलब्ध छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्