Shikhar Insurance

सिटी एक्सप्रेसकाे ब्रान्ड एम्बासडरमा कलाकार जितु नेपाल नियुक्त

सिंहदरबार संवाददाता
२०८० असार २९, शुक्रबार १३:३९
NIMB
Nabil Bank

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर बिहीबारदेखि १६ बसन्त पार गरेर १७औं वर्षमा प्रवेश गरेको छ । १७औं वार्षिकोत्सवको अवसरमा सिटी एक्सप्रेस मनी ट्रान्स्फरले ब्रान्ड एम्बासडरमा चर्चित हास्य कलाकार जितु नेपाललाई नियुक्त गरेको छ ।

नेपालले सिटी एक्सप्रेस मनी ट्रान्सफरको ब्राण्ड तथा यसको मूल्य एवं मान्यतालाई सशक्त प्रतिनिधित्व गर्ने कम्पनीले जनाएको छ । कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टण्डन र कलाकार नेपालले बिहीबार नै काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमकावीच सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

यसैबीच सिटी एक्सप्रेस मनी ट्रान्सफरले १७औं वार्षिकोत्सवकै उपलक्ष्यमा बिहान आयोजित कार्यक्रममा मुख्य अभिप्राय “रक्तदान गर्नुहोस् , जीवन दान पाउनुहोस्” भन्ने मूल नाराका साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत खुला रक्तदान कार्यक्रमको आयोजना पनि गरेको थियो । सिटी एक्सप्रेसको कमलादी स्थित आफ्नै मुख्य कार्यलयमा उल्लेख्य सहभागिताका साथमा रक्तदान गरिएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्