Shikhar Insurance

पर्यटकीय सवारीका चालक र सहचालककाे तीनदिने तालिम सकियाे

सिंहदरबार संवाददाता
२०८० असार २९, शुक्रबार १४:२८
NIMB
Nabil Bank

काठमाडाैं । पर्यटक सवारीका चालक तथा सहचालकको लागि तीन दिने अभिवृद्धि प्रशिक्षण सम्पन्न भएको छ। नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीद्वारा संयुक्त रुपमा सञ्चालित परियोजना जिविकोपार्जनका पुनःउत्थानका लागि दिगो पर्यटन परियोजनाको सहयोग तथा नेपाल पर्यटन यातायात व्यवसायी संघसँगको सहकार्यमा उक्त प्रशिक्षण भएको हो।

२ सय ५० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको तालिममा सैद्धान्तिक र व्यावहारिक विषयवस्तुको संयोजन सहित यातायात सुरक्षा, जोखिम, ट्राफिक ज्ञान, पर्यटन व्यवहारलगायतका विषयमा प्रशिक्षण दिइएको थियो।

Citizen Life
Kumar Bank
Nepal Life

पर्यटनमा यातायात क्षेत्र पर्यटकसँग प्रत्यक्ष सरोकार राख्ने क्षेत्र भएको चालक तथा सहचालकको व्यवहार हेरेर पनि पर्यटकले देशप्रतिको दृष्टिकोण बनाउने हुँदा यो तालिम आवश्यक रहेको बोर्डका निर्देशक तथा परियोजनाका राष्ट्रिय कार्यक्रम संयोजक मणिराज लामिछानेले बताए।

संघले पनि समय समयमा चालक सहचालकहरूलाई अभिमुखिकरण तालिम आयोजना गर्ने गरेको अध्यक्ष सन्तोष न्यौपानेले जानकारी दिए। एकै पटक धेरैको संख्यामा सहभागीलाई तालिम प्रदान गरिएको र प्रभावकारी भएको उनले बताए।

संघका संस्थापक अध्यक्ष रामहरी शर्माले समय समयमा यस्ता तालिम आयोजना गरे पनि कोभिडपछि जनशक्ति पलायन भएको अवस्थामा आयोजित तालिमले नयाँ चालक सहचालकलाई पर्यटकीय व्यवहार र अन्य ट्राफिक ज्ञान बढ्ने बताए।

GBIME

प्रतिक्रिया दिनुहोस्