Shikhar Insurance

बुद्धको जहाज प्राविधिक समस्यापछि काठमाडौं फर्काएर अवतरण

सिंहदरबार संवाददाता
२०८० असार २९, शुक्रबार १६:१४
NIMB
Nabil Bank

काठमाडौं । बुद्ध एयरको झापाको चन्द्रगढी उडेको जहाज प्राविधिक समस्याका कारण काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै फर्काएर अवतरण गरिएको छ ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार बुद्धको ९५५ उडान नम्बरको जहाजमा इण्डिकेसनको समस्या देखिएपछि काठमाडौं मै फिर्ता गरिएको हो । उक्त विमान ६६ जना यात्रु बोकेर भद्रपुरका लागि १ः५३ मा उडेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

उक्त जहाज सवा २ बजे काठमाडौंमा अवतरण गरेको हो । अर्को जहाजबाट यात्रुलाइ झापा पठाउने तयारी गरिएको र सो जहाजलाई चेकजाँचका लागि ग्राउण्डेड गरिएको बुद्ध एयरले जनाएको छ ।

उक्त विमानले उडान भरेकाे केहि समयपश्चात इन्डिकेशनमा समस्या देखिएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्