Shikhar Insurance

भायानेटकी सीईओ वर्ष व्यावसायिक महिलाको रूपमा सम्मानित

सिंहदरबार संवाददाता
२०८० असार २९, शुक्रबार १६:५७
NIMB
Nabil Bank

काठमाडौँ । ‘स्ट्यान्डर्ड चार्टर्ड प्रिजेन्ट्स न्युबिज बिजनेस वुमन समिट एण्ड अवार्ड २०२३’ मा आयोजित एक समारोहमा भायानेट कम्युनिकेसन लिमिटेडकी सीईओ सेवा पाठक बोहरालाई वर्षको व्यावसायिक महिला २०२३ बाट सम्मानित गरिएको छ ।

सीईओ बोहरा चार्टर्ड एकाउन्टेन्टदेखि नेपालको प्रमुख मध्येको एक आईएसपी कम्पनीको नेतृत्वसम्मको यात्रा उदाहरणीय व्यक्तित्व भएको कम्पनीको भनाइ छ ।

Citizen Life
Kumar Bank
Nepal Life

सीईओ बोहराको मार्गदर्शनमा भायानेट कम्युनिकेसन लिमिटेडले ९० सहरहमा आफ्नो नेटवर्क विस्तार गरेको छ, ५१ शाखा स्थापना गरेको छ र १५ सयभन्दा बढी कर्मचारीलाई रोजगारी दिएको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्