Shikhar Insurance

‘चिसो मान्छे’ डिसहोममा विशेष प्रदर्शन हुँदै

सिंहदरबार संवाददाता
२०८० असार २९, शुक्रबार १८:०९
NIMB
Nabil Bank

काठमाडौं। समसमायिक विषय वस्तुमा बनेको नेपाली चलचित्र “चिसो मान्छे” डिसहोममा प्रदर्शन भइरहेको छ । विभिन्न कारणवस हलसम्म गएर यो चलचित्र हेर्न छुटाउनु भएका दर्शकहरूले अब डिसहोमको सिनेमाघरमा सपरिवार एकै साथ बसेर हेर्न सक्ने कम्पनीले जनाएको छ ।

“चिसो मान्छे” सिनेमाघर च्यानल नं. १०८ मा दैनिक ८ शो बिहान १, ४, ७, १०, दिउँसो १, ४, साँझ ७ र राति १० बजे प्रदर्शन भइरहेको छ । यस्तै डिसहोमको नियमित प्याकेज रिचार्ज गर्दा आकर्षक बोनस सँगै नयाँ-नयाँ नेपाली चलचित्र हेर्न सिनेमाघर च्यानल नं. १०८ को टिकट निःशुल्क पाउन सकिनेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

३ महिना अथवा १ हजार रुपैयाँ वा सोभन्दा माथिको रिचार्जमा ३ सय २५ रुपैयाँ बराबरको एउटा मुभी टिकट, ६ महिना अथवा दुई हजार रुपैयाँ वा सोभन्दा माथिको रिचार्जमा ६ सय ५० रुपैयाँ बराबरको २ वटा मुभी टिकट, १२ महिना अथवा पाँच हजार रुपैयाँ वा सोभन्दा माथिको रिचार्जमा १ हजार ३ सय रुपैयाँ बराबरको ४ अवटा मुभी टिकट ग्राहकहरूले पाउन सक्ने कम्पनीले जनाएको छ ।

डिसहोमको नियमित प्याकेज रिचार्ज गरेको भोलिपल्ट बिहान ६ बजेपछि ८ अंकको सिनेमाघर च्यानल नं. १०८ को टिकट कुपन नम्बर ग्राहकको रजिष्टर्ड मोबाइल नम्बरमा एसएमएसमार्फत प्राप्त हुनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्