Shikhar Insurance

शाओमीको अत्याधुनिक प्रविधि सहितको किफायती स्मार्टफोन

सिंहदरबार संवाददाता
२०८० असार २९, शुक्रबार १८:२१
NIMB
Nabil Bank

काठमाडौं। ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी १२ नेपाली बजारमा सार्वजनिक गरेको छ । उत्कृष्ट प्रदर्शन र फिचरहरु प्रदान गर्ने यस स्मार्टफोन बजारमा सुपथ मूल्यमा उपलब्ध हुनेछ ।

रेड्मी सिरज अन्तर्गतको एउटा मोडेल रेड्मी १२ ले अतुलनीय अनुभव प्रदान गर्दै बजेट अनुकूल स्मार्टफोनको परिभाषा नै परिवर्तन गर्ने लक्ष्य राखेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

लन्चको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित कुमार पंडाले भने, “हामी शाओमीका प्रविधियुक्त स्र्माटफोनहरु सबैका लागि पहुँचयोग्य बनाउन प्रतिबद्ध छौँ । रेड्मी १२ मोडलमा फिचर, प्रदर्शन र किफायतीको संयोजन मार्फत हामी इन्ट्री लेबल स्र्माटफोनलाई पुनः परिभाषित गर्ने उद्देश्य राखेका छौँ । हामीलाई विश्वास कि यस डिभाइसले प्रयोगकर्तालाई डिजिटल संसारका सम्पूर्ण सम्भावनाहरूका ढोका खोल्नेछ । ”

 

GBIME

प्रतिक्रिया दिनुहोस्