Shikhar Insurance

सुदूरपश्चिम प्रदेशको बजेट बहुमतले पारित

सिंहदरबार संवाददाता
२०८० असार ३१, आईतवार १०:५१
NIMB
Nabil Bank

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारको बजेट बहुमतले पारित भएको छ । आज राति १० बजे बसेको प्रदेशसभाको बैठकले प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०८०/८१ को बजेट र सोसँग सम्बन्धित विधेयक बहुमतले पारित गरेको हो ।

प्रदेशसभा बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक, राजस्व र व्ययको अनुमान र आर्थिक ऐन, २०८० बहुमतले पारित गरेको हो । सत्तारुढ दलका सदस्यहरूले बजेट पारित गर्नका लागि सहमति जनाएका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life

बैठकमा आर्थिक मामिलामन्त्री नरेशकुमार साहीले बजेटसम्बन्धी विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए। यस बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले) अनुपस्थित रहेको थियो भने प्रतिपक्ष बेन्चमा राप्रपाका सदस्यमात्र उपस्थित थिए।

GBIME

प्रतिक्रिया दिनुहोस्