Shikhar Insurance

हिमालयन बैंकको नयाँ ब्याजदर सार्वजनिक, १ वर्षमुनिको मुद्दती निक्षेपमा मात्र घटायो ब्याज

सिंहदरबार संवाददाता
२०८० असार ३१, आईतवार ११:३२
NIMB
Nabil Bank

काठमाडौं । हिमालयन बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले साउन १ देखि लागू हुने गरी १ वर्षमुनिको मुद्दति निक्षेपमा मात्र ब्याजदर घटाएको हो।

बैंकले ३ महिनासम्मको मुद्दती निक्षेपमा ८.९९, ६ महिनासम्मकोमा ९.४९ र ९ महिनासम्मको मुद्दती निक्षेपमा ९‍.७४ प्रतिशत ब्याजदर दिनेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

बैंकले १ वर्षदेखि ५ वर्षसम्मको मुद्दती निक्षेपमा भने ९.९९ प्रतिशत ब्याजदर कायम राखेको छ ।

साधारण बचतमा भने बैंकले ५.४ देखि ७.४ प्रतिशतसम्म ब्याज तोकेको छ । असारका लागि बैंकको कर्जाको आधार दर १०.९४ प्रतिशत तोकेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्