Shikhar Insurance

प्रभु बैंकले कुनमा कति तोक्यो नयाँ ब्याजदर ?

सिंहदरबार संवाददाता
२०८० असार ३१, आईतवार ११:५९
NIMB
Nabil Bank

काठमाडौं । प्रभु बैंकले साउन १ गतेदेखि लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ। बैंकले यसअघि दिँदै आएको ब्याजदर केही घटाउदैँ नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकले आइतबार सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार साधारण बचता खातामा न्युनतम ४.५० प्रतिशत र अधिकतम ८.४० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि बैंकले साधारण बचत खातामा न्युनतम ५.४० प्रतिशतदेखि अधिकतम ८.४० प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

बैंकले मुद्दति निक्षेपमा संस्थागत तर्फ ७.२५ प्रतिशत र व्यक्तिगत तर्फ ९.५० प्रतिशत ब्याजदर तोकेको छ । यस्तै, बैंकले रेमिट्यान्स बचत खातामा भने १०.५० प्रतिशत ब्याजदर निर्धारण गरेको हो ।

बैंकले ५ वर्षसम्मका लागि फिक्स्ड होमलोनमा १२.९९ प्रतिशत र ५ वर्ष माथिकोमा १३.९९ प्रतिशत ब्याज दिने जनाएको छ ।

त्यस्तै, ५ वर्षसम्मको अटो लोनमा १३.५० प्रतिशत र ५ वर्ष माथिको १४.५० प्रतिशत ब्याज दिने जनाएको छ ।

बैंकले कर्जाको ब्याजदरमा भने थप ५ प्रतिशतसम्म प्रिमियम जोडिने जनाएको छ । बैंकले आधार दरमा ५ प्रतिशसम्म प्रिमियम थपेर कर्जा प्रदान गर्ने भएको हो ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्