Shikhar Insurance

राष्ट्रिय वाणिज्य बैंकको नयाँ ब्याजदर सार्वजनिक, अब कति पाइन्छ ?

सिंहदरबार संवाददाता
२०८० असार ३१, आईतवार १२:०९
NIMB
Nabil Bank

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले साउन १ गतेदेखि लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले यसअघि दिँदै आएको ब्याजदरमा केही घटाउँदै नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकले सामान्य बचत खातामा ४.८६ प्रतिशत ब्याजदर कायम गरेको छ भने त्यसबाहेक अन्य बचत निक्षेपमा ६.६६ प्रतिशत ब्याजदर तोकेको छ। साथै, बैंकले राष्ट्रिय वाणिज्य बैंक रेमिट्यान्स बचत खातामा ७.६६ प्रतिशत ब्याज दिनेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

बैंकले ३ महिनादेखि ५ वर्षसम्मको साधारण र विशेष व्यक्तिगत मुद्दती निक्षेपमा ८.९९ प्रतिशत ब्याजदर कायम गरेको छ। बैंकले ३ महिनादेखि ३ वर्षसम्मको राष्ट्रिय वाणिज्य बैंक रेमिट्यान्य मुद्दती निक्षेपमा ९.९९ प्रतिशत र ३ महिनादेखि २ वर्षसम्मको राष्ट्रिय वाणिज्य बैंक मुद्दती निक्षेप (राष्ट्रिय गौरब आयोजना प्रभावितहरुका लागि मात्र)का लागि ८.९९ प्रतिशत ब्याजदर दिनेछ ।

सार्वजनिक नयाँ ब्याजदरअनुसार ६ महिनादेखि ५ वर्षसम्मको साधारण र विशेष मुद्दती निक्षेपमा ६.९९ प्रतिशत ब्याज कायम गरेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्