Shikhar Insurance

सिद्धार्थ बैंकको नयाँ ब्याजदर सार्वजनिक

सिंहदरबार संवाददाता
२०८० असार ३१, आईतवार १२:२०
NIMB
Nabil Bank

काठमाडौं । सिद्धार्थ बैंकले साउन १ देखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा विगतमा भएको ब्याजदरमा केही घटाउँदै नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकले ६ महिनाभन्दा माथिको अवधिका लागि व्यक्तिगत मुद्दती निक्षेपमा ९.५ प्रतिशत ब्याजदर कायम गरेको छ । यसअघिको व्यक्तिगत मुद्दती निक्षेपमा ९.९९ प्रतिशत ब्याजदर कायम थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

साधारण बचतअन्तर्गतका २३ प्रकारका खातामा बैंकले ५ देखि ७ प्रतिशतसम्म ब्याज तोकेको छ । बैंकले जेठदेखि कर्जाको आधार दर १०.०८ प्रतिशत कायम गरेको छ ।

त्यस्तै रेमिट्यान्स मुद्दती निक्षेपमा ६ महिनाभन्दा माथिको अवधिका लागि १०.५ प्रतिशत बनाइएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्