Shikhar Insurance

कामना सेवा विकास बैंकले सार्वजनिक गर्‍यो नयाँ ब्याजदर

सिंहदरबार संवाददाता
२०८० असार ३१, आईतवार १३:३०
NIMB
Nabil Bank

काठमाडौं । कामना सेवा विकास बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले साउन १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकले निक्षेपमा विकास बैंकहरुमध्ये सबैभन्दा कम ब्याजदर सार्वजनिक गरेको छ। बैंकले १ वर्षभन्दा माथिको मुद्दति निक्षेपमा ९।९९ प्रतिशत ब्याजदर कायम गरेको छ । भने, ६ महिनादेखि १ वर्षसम्मको मुद्दति निक्षेपमा ९.०१ र ३ महिनादेखि ६ महिनाको मुद्दति निक्षेपमा ८ प्रतिशत ब्याजदर तोकेको छ।

Citizen Life
Kumar Bank
Nepal Life

बैंकले ६ महिनादेखि माथिको संस्थागत निक्षेपमा ७.९९ प्रतिशत ब्याज दिनेछ।भने, रेमिट्यान्स मुद्दति निक्षेपमा १०.९९ प्रतिशत ब्याज दिनेछ ।

बैंकले बचततर्फ अधिकतम ८.५० देखि न्यूनतम ५.५० प्रतिशतसम्म ब्याज दिने जनाएको छ। एनआरएन बचत खातामा ८.५० प्रतिशत ब्याज प्रदान गर्नेछ भने शुभश्री बचत खाता र केएस पीएमएस सेभिङ एआउन्टमा ७.५० प्रतिशत ब्याज दिनेछ ।

त्यस्तै, केएस स्पोर्ट प्रिमियम सेभिङ एकाउन्टमा ५.६५ प्रतिशत र अन्यसबै बचत खातामा ५.५० प्रतिशत ब्याज दिने बैंकले जनाएको छ । सुभलाभ लगानी बचत खातामा ७.२५ र प्रिमियम सेभिङ एकाउन्टमा ७ प्रतिशत ब्याज तोकेको छ ।

बैंकले फिक्स्ड व्यक्तिगत आवधिकतर्फ १३.९९ प्रतिशत ब्याजदरमा कर्जा दिने जनाएको छ ।

बैंकले कर्जातर्फ सार्वजनिक गरेको ब्याजदर मुद्दति निक्षेप धितो राखेर प्रवाह गरिने कर्जामा आधार दरमा अधिकतम ३ प्रतिशत प्रिमियम थप गर्ने जनाएको छ ।

विपन्न वर्गलाई दिने कर्जामा आधार दरमा अधिकतम ४ प्रतिशत प्रिमियम थप गर्ने छ भने अरु सबै प्रकारका कर्जामा आधारदरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम थप गर्ने जनाएको छ । बैंकको आधार दर १२.०६ प्रतिशत छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्