Shikhar Insurance

बैतडीमा ८७ करोड बजेट खर्च हुन सकेन

सिंहदरबार संवाददाता
२०८० असार ३१, आईतवार १३:४३
NIMB
Nabil Bank

बैतडी । जिल्लाका स्थानीय तहले चालू आर्थिक वर्षमा ८७ करोड रूपैयाँभन्दा बढी बजेट खर्च हुन नसकेको पाइएको छ । जिल्लाका १० वटै स्थानीय तहले चालु र पुँजीगत दुवै गरेर ८७ करोड २३ लाख १४ हजार रूपैयाँ बजेट खर्च हुुन नसकेको कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख मदन मगरातीले बताए।

यहाँका सबै स्थानीय तहमा चालू आर्थिक वर्षका लागि ५ अर्ब ६९ करोड १६ लाख ८१ हजार रूपैयाँ बजेट आएको थियो । सबैभन्दा बढी मेलौली नगरपालिकाबाट चालू र पुँजीगत दुवै गरेर १३ करोड ३२ लाख २६ हजार रूपैयाँ बजेट खर्च गर्न हुन सकेन । उक्त नगरपालिकाबाट ६० करोड ४० लाख ७८ हजार रूपैयाँमध्ये ४७ करोड आठ लाख ५२ हजार रूपैयाँबजेट मात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

सिगास गाउँपालिकाबाट ५० करोड २० लाख ९३ हजार रूपैयाँ बजेटमध्ये ८ करोड ७१ लाख ६ हजार रूपैयाँ खर्च हुन नसकेको उक्त कार्यालयले जनाएको छ । सिगासले ४१ करोड ४९ लाख ८७ हजार रूपैयाँ रकम मात्रै खर्च गरेको छ ।

सदरमुकामस्थित दशरथचन्द नगरपालिकाले ६७ करोड ६४ लाख २६ हजार रूपैयाँ बजेटमध्ये ५८ करोड ९३ लाख चार हजार रूपैयाँ खर्च गरेको छ । उक्त नगरपालिकाले ८ करोड ७१ लाख २२ हजार रूपैयाँ खर्च गर्न बाँकी देखिएको छ ।

पाटन नगरपालिकाबाट ७४ करोड १६ लाख ४१ हजार रूपैयाँमध्ये ६१ करोड ५८ लाख ५२ हजार रूपैयाँ मात्रै खर्च गरेको देखिएको छ । उक्त नगरपालिकाले १२ करोड ५७ लाख ८९ हजार रूपैयाँ खर्च गर्न बाँकी रहेको छ । यसैगरी पुर्चौंडी नगरपालिकाबाट रु ७१ करोड ६३ लाख ९६ हजार बजेटमध्ये ६२ करोड ८६ लाख ३४ हजार रूपैयाँ मात्रै खर्च भएको छ । उक्त नगरपालिकाले ८ करोड ७७ लाख ६२ हजार रूपैयाँ खर्च गर्न बाँकी देखिएको छ । डिलासैनी गाउँपालिकाले पनि ५२ करोड ३६ लाख १६ हजार रूपैयाँ बजेटमध्ये ४४ करोड ४४ लाख १६ हजार रूपैयाँ मात्रै खर्च गरेको र रु सात करोड ९२ लाख रूपैयाँ खर्च गर्न बाँकी रहेको छ ।

दोगडाकेदार गाउँपालिकाले ५५ करोड ६९ लाख ६० हजार रूपैयाँ बजेटमध्ये ४७ करोड ९२ लाख ५४ हजार रूपैयाँ खर्च गरेको छ । उक्त गाउँपालिकाबाट ७ करोड ७७ लाख ६ हजार रूपैयाँ खर्च बाँकी रहेको छ ।

पञ्चेश्वर गाउँपालिकाको ४७ करोड ३९ लाख ५८ हजार रूपैयाँ बजेटमध्ये ३९ करोड ३९ लाख २९ हजार रूपैयाँ खर्च भएको र ८ करोड २९ हजार रूपैयाँ खर्च गर्न बाँकी रहेको हो । शिवनाथ गाउँपालिकाको ४० करोड ४२ लाख ३२ हजार रूपैयाँमध्ये ३४ करोड १८ लाख ६२ हजार रूपैयाँ खर्च भएको र ६ करोड २३ लाख ७० हजार रूपैयाँ खर्च गर्न बाँकी देखिएको छ ।

सुर्नया गाउँपालिकाको ४९ करोड २२ लाख ८१ हजार रूपैयाँ बजेटमध्ये ४४ करोड दुर्ई लाख ७७ हजार रूपैयाँखर्च भएको र ५ करोड २० लाख चार हजार रूपैयाँ खर्च गर्न बाँकी रहेको छ ।
स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत सरुवा र योजनामा राजनीतिक खिचातानीका कारण

समयमै योजना सम्पन्न नहुने गरेकाले बजेट खर्च कम हुने गरेको दोगडाकेदार–३ श्रीकोटका हेमराज गिरीले बताए । समयमै योजनाका काम सम्पन्न नहुने तथा असारमा आएर योजना सम्पन्न गर्ने र भुक्तानीको काम हुने गरेका छन् । उनले भने, “पालिकामा कर्मचारी सरुवा र योजनामा राजनीतिक खिचातानीका कारण विवाद भएर काम नहुँदा पनि बजेट कम खर्च हुने गरेको छ ।”

GBIME

प्रतिक्रिया दिनुहोस्