Shikhar Insurance

राष्ट्रपति पौडेलले गरे बजेटसम्बन्धी विधेयक प्रमाणीकरण

सिंहदरबार संवाददाता
२०८० असार ३१, आईतवार १४:२८
NIMB
Nabil Bank

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रमाणीकरण भएको छ । राष्ट्रपति कार्यालयले आइतबार एक विज्ञप्ति जारी गरी बजेटसँग सम्बन्धित तीनवटै विधेयक प्रमाणीकरण भएको जानकारी दिएको छ ।

विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार प्रमाणीकरण गरेकाे राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।

Citizen Life
Kumar Bank
Nepal Life

अर्थमन्त्री डा. प्रकाशशरण महतले गत १५ जेठमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याएका थिए । उक्त विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभामा छलफल भई पारित भएपछि राष्ट्रपतिसमक्ष पठाइएको थियो ।

राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरेपछि अब बजेट कार्यान्वयनका लागि बाटो खुलेको छ । आगामी आर्थिक वर्षको बजेट १ साउन अर्थात् सोमबारदेखि कार्यान्वयन हुनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्