Shikhar Insurance

आजबाट इन्धनमा अटाे प्राइस: निगम घाटामा नजाने, उपभोक्तालाई लाभ

सिंहदरबार संवाददाता
२०८० असार ३१, आईतवार १४:३६
NIMB
Nabil Bank

काठमाडौं । नेपाल आयल निगमले आजदेखि पेट्रोलियम पदार्थको मूल्यमा ‘अटो प्राइस’ लागू गर्ने भएको छ । असार २६ गते बसेको निगम सञ्चालक समिति बैठकले राधिका अर्यालको नेतृत्वमा अटो प्राइसिङ कार्यविधि बनाउन समिति गठन गरेको थियो ।

समितिले तयार पारेको प्रतिवेदनका आधारमा आजदेखि अटो प्राइस लागू गर्न लागिएको हो । आयल निगमका अनुसार परल मूल्यमा अधिकतम ३ प्रतिशत नाफा हुने गरी अटो प्राइस लागू गर्ने योजना बनेको छ । निगमले डिजेल र मट्टितेलकाे लागतमा एक प्रतिशत मुनाफा राखेर उपभोक्तालाई बिक्री वितरण गर्नेछ । पेट्रोलका हकमा भने लागतमा २ प्रतिशत नाफा राख्नेछ ।  खाना पकाउने एलपी ग्यासमा भने अधिकतम ३ प्रतिशत नाफा राख्ने तयारी भएको छ । ‘हामीले निगमको लागतमा अधिकतम ३ प्रतिशत थपेर उपभोक्ता मूल्य तोक्ने गरी अटो प्राइसिङको तयारी गरेका छौं, त्यो ३ प्रतिशतसम्मको मूल्य पनि सञ्चालन खर्चका लागि हो’, निगम उच्च स्रोतले भन्यो ।

Citizen Life
Kumar Bank
Nepal Life

हवाई इन्धनका हकमा भने अधिकम २० प्रतिशतसम्म बढी मूल्य लगाउने निगमको तयारी छ । निगमले हरेक १५/१५ दिनमा इण्डियन आयल कर्पोरेसनले उपलब्ध गराउने मूल्यसूचीका आधारमा अटो प्राइस लागू गर्नेछ ।

अहिले पनि निगमले अटो प्राइस लगाएको भन्ने गरिएको छ तर अन्तर्राष्ट्रिय बजारअनुसार आईओसीले मूल्य घटाएर पठाउँदा निगमलाई मूल्य घटाउन दबाब पर्दै आएको छ । उता, मूल्य बढेर आउँदा भने निगमले पनि मूल्य बढाउँदा व्यापक आलोचना हुने गरेको छ ।

नेपालमा पेट्रोलियम कारोबारलाई रणनीतिक महत्वका साथ हेरिँदै आएको छ । पेट्रोलियम कारोबार र त्यसको मूल्य श्रृंखलाले राजनीतिक दलहरुका लागि ठूलो एजेण्डाका रुपमा स्पेश पाउने गरेको छ । निगमले धेरै नाफा कमाएको भन्दै पछिल्लो समय व्यापक बिरोध भैरहेको छ ।

निगमले ९ महिनाअघि आईओसीलाई इन्धन खरिदको बक्यौता तिर्न नसकेपछि आफ्नो केन्द्रीय कार्यालयको भवन र जग्गा राष्ट्रिय वाणिज्य बैंकमा धितो राखेर ऋणसमेत लिएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्