Shikhar Insurance

श्रमिकको ज्यालावृद्धिको माग गर्दै नेपाल ट्रेड युनियन कांग्रेसद्वारा माइतीघरदेखि नयाँ बानेश्वरसम्म पदयात्रा

सिंहदरबार संवाददाता
२०८० असार ३१, आईतवार १४:४८
NIMB
Nabil Bank

काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले औपचारिक तथा अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकको ज्यालावृद्धिको माग गर्दै पदयात्रा गरेको छ ।

उक्त संस्थाको आयोजनामा श्रमिकलाई जिउन पुग्नेगरी ज्यालावृद्धि हुनुपर्ने माग गर्दै माइतीघरदेखि नयाँ बानेश्वरसम्म पदयात्रा गरिएको हो । सो संस्थाका  महासचिव अजयकुमार राईले मूल्यवृद्धिका कारण श्रमिकले खाइपाइ आएको तलबले परिवार पाल्नसमेत समस्या भएकाले तिनको ज्यालावृद्धिको माग गर्दै दबाबमूलक कार्यक्रम गरिएको जानकारी दिए।

Citizen Life
Kumar Bank
Nepal Life

“श्रमिकको न्यूनतम पारिश्रमिक कम्तिमा १५ हजारबाट बढाएर २५ हजार पुर्याउनुपर्छ भन्ने हाम्रो माग हो,”– उनले भने। उक्त संस्थाले यसअघि श्रमिकको न्यूनतम पारिश्रमिक बढाउन माग गर्दै ७७ वटै प्रमुख जिल्ला अधिकारीमार्फत श्रममन्त्रीलाई ज्ञापनपत्र बुझाइसकेको छ । यस्तै सातवटै प्रदेश सरकारलाई समेत श्रमिकको ज्याला बढाउन माग गर्दै ज्ञापनपत्र बुझाइसकिएको महासचिव राईले बताए।

पदयात्रामा श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार कायम गर, श्रम आयोग गठन गर, नीति, निर्माण तहमा श्रमिकको प्रतिनिधित्वको व्यवस्था गर, योगदानमा आधारित सामाजिक सुरक्षा अनिवार्य लागू गर, स्थानीय तहमा श्रमिकको पञ्जीकरण गरलगायतका प्लेकार्ड र व्यानरसहित नारा लगाइएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्