Shikhar Insurance

राष्ट्र उत्थान लघुवित्त र आशा लघुवित्तको एकीकृत कारोबार सुरु

सिंहदरबार संवाददाता
२०८० असार ३१, आईतवार १५:४६
NIMB
Nabil Bank

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गरी आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट आइतबारदेखि एकीकृत कारोबार शुभारम्भ गरेको छ ।

आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको एकीकृत काराेबारपश्चात  कुल चुक्ता पुँजी ६४ कराेड १६ लाख १६ हजार रूपैयाँ, जगेडा कोष २४ कराेड ९९ लाख ६३ हजार ८ सय ७० रूपैयाँ बचत संकलन २ अर्ब ७५ कराेड ३६ लाख १५ हजार ३ सय २० रूपैयाँ, कुल लगानीमा रहिरहेको कर्जा ८ अर्ब ७३ कराेड १७ लाख ३७ हजार १ सय ९० रूपैयाँ, कुल शाखा कार्यालय संख्या १ सय ५६, कुल सदस्य संख्या १ लाख २९ हजार ४ सय ४२, कुल ऋणी संख्या ७३ हजार ६ सय ५ र कुल कर्मचारी संख्या ६ सय १२ पुगेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

शुभारम्भ कार्यक्रम साविक आशा लघुवित्त वित्तीय संस्थाका अध्यक्ष निर्गुणप्रसाद भट्टचनको सभापतित्व तथा संस्थापक अध्यक्ष रामबहादुर पाण्डेको प्रमुख आतिथ्यमा गरियो। उक्त कार्यक्रमको प्रमुख अतिथि पाण्डेले उद्घाटन गरेका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्