Shikhar Insurance

सिटिजन्स बैंकद्वारा गलेश्वर आश्रमलाई ५ लाख सहयोग

सिंहदरबार संवाददाता
२०८० श्रावण १, सोमबार १५:४७
NIMB
Nabil Bank

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल, नारायणगढ शाखाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गलेश्वर आश्रम, देवघाटधामलाई रकम हस्तान्तरण गरेको छ । तनहुँको देवघाटस्थित संस्कृत गुरुकुलमार्फत देशभरिका विद्यार्थीहरुलाई निःशुल्क संस्कृत शिक्षा प्रदान गर्दै आएको गलेश्वर आश्रम, देवघाटधामलाई सिटिजन्स बैंकले दुई चरणमा गरी जम्मा ५ लाख रकम हस्तान्तरण गरेको हो ।

संस्कृत गुरुकुल भवन निर्माणको सहयोगार्थ यसअघि नगद ३ लाख रुपैयाँ रकम प्रदान गरिसकेको र हाल भवन निर्माणको कार्य प्रगतिको निरीक्षणपश्चात बाँकी रकम २ लाख रुपैयाँ उपलब्ध गराएको हो । गुरुकुल शिक्षामार्फत संस्कृतिको जगेर्नामा महत्वपूर्ण योगदान पुर्याउँदै निःशुल्क संस्कृत शिक्षा प्रदान गर्दै आएको संस्थालाई बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

साथै सिटिजन्स बैंक सम्सी शाखाले जनता माध्यमिक विद्यालय, सम्सी प्रवाह महोत्तरीका कक्षा एकका करिब १ सय विद्यार्थीलाई सामाजिक उत्तरदायित्वअन्तर्गत झोला वितरण गरेको छ । उक्त विद्यालयमा अधिकांश विद्यार्थीहरू मुस्लिम र दलित समुदायबाट र कमजोर आर्थिक अवस्था भएका छन् । यस कार्यले उनीहरूको शैक्षिक कार्यलाई थोरै भए पनि मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।

आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना रहेको कुरा जानकारी गराएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरि फैलिएका आफ्ना १ सय ८८ वटा शाखा, १ सय ४५ वटा एटिएम ३ विस्तार काउन्टर र ९७ वटा शाखारहित बैंकिङ एकाइहरुबाट १६ लाखभन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्