Shikhar Insurance

काठमाडौंको भृकुटीमण्डपमा तीन दिन नेपाल इभी एक्स्पो हुने

सिंहदरबार संवाददाता
२०८० श्रावण १, सोमबार १७:२७
NIMB
Nabil Bank

काठमाडाैं। इलेक्ट्रिक भेइकल म्यानुफ्याक्चरर्स एन्ड इम्पोर्टर्स असोसिएसन अफ नेपाल मिडिया स्पेस सोलुसनस तथा फ्युचरएक् ट्रेड फेर एण्ड इवेंट्स को सयुक्त आयोजनामा यही भदाै १५, १६ र १७ गते काठमाडौंको भृकुटीमण्डपमा नेपाल इभी एक्स्पो सुरू हुने भएको छ ।

नेपालमा विद्युतीय सवारीको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ एक्स्पो आयोजना हुन गइरहेको आयोजकले जानकारी गराएका छन् । विद्युतीय सवारीलाई प्रवर्द्धन तथा प्रोत्साहन गर्ने उद्देश्यले ३ दिनसम्म सञ्चालन हुने एक्स्पोमा १०० भन्दा बढी प्रतिष्ठित कम्पनीहरूको सहभागिता र १५० भन्दा धेरै ब्राण्डका गाडी तथा विद्युतीय सामग्रीहरु प्रदर्शनीका लागि राखिने आयोजकले जनाएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

एक्स्पोमा विशेष गरी विद्युतीय कार, विद्युतीय स्कुटर, मोटरसाइकल, साइकल, विद्युतीय बस, रिक्सा तथा विद्युतीय चार्जिङ स्टेसन, ब्याट्री तथा अन्य विद्युतीय सामग्रीहरू, अटोकम्पोनेण्ट, टायर, व्याट्री, ग्यारेज इक्युपमेण्टस, चार्जिङ स्टेसनलगायत बैंक तथा इन्स्योरेन्स कम्पनीहरुको उल्लेखनीय सहभागिता रहने विश्वास आयोजकले लिएका छन् ।

यसका साथै व्यापार तथा वित्तीय क्षेत्रका नेतृत्वकर्ता, अटोमोटिभ सोरुमका सञ्चालक, डिलर, बिक्रेता, आयातकर्ताहरू, सरकारी अधिकारी, कर्पोरेट हाउस, नयाँ लगानीकर्तालगायत सबैका लागि यो साझा चौतारी हुने तथा प्रदर्शनीले विद्युतीय गाडीको क्षेत्रमा नयाँ आयाम थप्नुका साथै साझेदारीका लागि नयाँ लगानीकर्ताहरूलाई पनि प्रोत्साहित गर्ने र विद्युतीय यातायातका क्षेत्रमा भएका पछिल्ला विकासहरू पनि प्रदर्शनीमा देख्न पाइने आयोजकले जानकारी गराएका छन् ।

पछिल्ला दशकहरूमा विद्युतीय गाडीको लोकप्रियता बढ्दो क्रममा रहेको छ । यसका साथै उत्पादीत विद्युत खपत बढाउनका लागि पनि पहिलो प्राथमिकतामा विद्युतीय सवारी रहेकोले प्रवर्द्धन गर्न लागिएको जनाइएको छ । विद्युतीय यातायातको सुविधाले परम्परागत गाडीहरूले निम्त्याउने स्वास्थ्यका साथै जलवायु परिवर्तनका समस्याहरू पनि कम गर्छ ।

यसरी विद्युतीय गाडीको प्रयोगले वैकल्पिक ऊर्जाहरूको खपतलाई प्रोत्साहन गर्दै देश भित्रै क्लिन इनर्जीको खपत बढाउँछ । यसका साथै प्रदर्शनीले पछिल्ला दिनमा विद्युतीय गाडीका क्षेत्रमा भएका विकास र परिवर्तनलाई पनि जनमानसमा सूचित गर्ने बताइएको छ ।

गत आर्थिक वर्षको तथ्यांक हेर्ने हो भने आयातका हिसाबले कार जिप भ्यानको शीर्षकमा विद्युतीय सवारीको हिस्सा झन्डै ४० प्रतिशत रहेको छ भने विद्युतीय दुइपाग्रे, रिक्सा माइक्रोवस वस तथा अन्य सवारी साधनहरुमा पनि उल्लख्य रुपमा बढेको छ । आउने वर्षहरुमा विद्युतीय सवारीको बजार क्षेत्र अझै विस्तारित हुँदै जानेमा कुनै संका छैन ।

हालका दिनहरुमा प्रायजसो ग्राहकहरुको रोजाइ विद्युतीय सवारी नै हुने गरेको र आर्थिक मन्दी को अवस्थामा पनि विद्युतीय सवारीहरु राम्रोसँग बिक्री भैरहेको इभीएमआइएएनका अध्यक्ष तथा यस एक्स्पोका सम्योजक श्यामसुन्दर सापकोटाले बताए।

इभीएमआइएएनको उद्देस्य र कार्यक्रमहरु माथि थप प्रस्ट पार्दै सापकोटाले, इभीएमआइएएन विद्युतीय सवारी साधन सम्बन्धी काम गर्ने आयतकर्ता, निर्माणकर्ता, व्यवसायी, डिलर, चार्जिङ स्टेसन सञ्चालक सबैको साझा संस्था रहेको र बिगत ११ वर्षदेखि विद्युतीय सवारीको प्रवर्द्धन , विस्तार तथा नीति निर्माणको काममा सहयोग गर्दै आएको इतिहास बोकेको सस्था हो । यो एक्स्पो इभीएमआइएएनको आयोजनामा हुन गैरहेको पहिलो कार्यक्रम भयतापनी भविष्यमा पनि यसलाई निरन्तरता दिने र अझै परीस्क्रित गर्दै लगिने सापकोटाले बताए।

GBIME

प्रतिक्रिया दिनुहोस्