Shikhar Insurance

नेपाल रेमिटबाट पठाएको रेमिट्यान्स अबदेखि सहकारी बैंकका शाखाबाट भुक्तानी पाउन सकिने

सिंहदरबार संवाददाता
२०८० श्रावण २, मंगलवार १३:२४
NIMB
Nabil Bank

काठमाडौं । नेपाल रेमिट इन्टरनेसनल प्रालि र राष्ट्रिय सहकारी बैंक लिमिटेडबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । यस सम्झौतासँगै राष्ट्रिय सहकारी बैंकमा आबद्ध हजारौं सहकारीका सदस्यहरूले बिभिन्न सहकारीमार्फत नेपाल रेमिटमार्फत पठाएको रेमिट्यान्स सहजै भुक्तानी पाउन सकिनेछ ।

रेमिट्यान्स् भुक्तानीसम्बन्धी सम्झौतापत्रमा नेपाल रेमिटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सागर खनाल र राष्ट्रिय सहकारी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले हस्ताक्षर गरे ।

Citizen Life
Kumar Bank
Nepal Life

रेमिट्यान्स् भुक्तानीसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षरपछि नेपाल रेमिटका प्रमुख कार्यकारी अधिकृत सागर खनालले भने, ‘रेमिट्यान्स बजारमा राष्ट्रिय सहकारी बैंकसँग हाम्रो आबद्धता हुनु हाम्रा लागि अझ बढि गौरवको विषय हो । यसबाट विभिन्न सहकारीमा आबद्ध सदस्यहरूले आफू आबद्ध सहकारीमार्फत नै रेमिट्यान्स भुक्तानी प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।’

यस्तै राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाईँले भने, ‘नेपाल रेमिटजस्तो लामो इतिहास भएको रेमिट्यान्स् कम्पनीसँग हाम्रो आबद्धता हुनु भनेको हाम्रा लागि पनि खुसीको कुरा हो । अबदेखि राष्ट्रिय सहकारी बैंकका कुनै पनि शाखाबाट नेपाल रेमिटमार्फत पठाएको रकम प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।’

डिजिटल रेमिट्यान्स्लाई प्राथमिकता दिँदै आएको नेपाल रेमिटले नेपालमा रहेका थुप्रै बैंक तथा वित्तीय संस्थाहरुबाट ग्राहकका खातामा रियल टाइम नै रेमिट्यान्स् भित्र्याउँदै आएको छ । रेमिट्यान्स् सेवा सहकारीहरूमा समेत विस्तार हुँदा नेपालमा रेमिट्यान्स मार्फत देशको अर्थतन्त्र सुदृढिकरणमा थप टेवा पुग्ने नेपाल रेमिट इन्टरनेशनल प्रालिका नायव महाप्रबन्धक देवबहादुर थापाले जानकारी दिए ।

नेपालमा सहकारीको सुरुवात भएको ६ वर्षपछि अर्थात वि.स. २०२० सालमा सहकारी बैंकको स्थापना भएको थियो । २०१९ सालमा सहकारी ऐन आएपछि सोही ऐनको आधारमा सहकारी बैंक स्थापना भएको हो । तर, सहकारी सम्बन्धी ठोस नीतिको अभावमा २०२४ सालमा सहकारी वैंक, कृषि विकास बैंकमा परिणत हुन पुग्यो ।

२०४८ सालमा सहकारी ऐन र ०४९ सालमा सहकारी नियमावली आउनुका साथै राष्ट्रिय सहकारी संघ र सहकारीका अगुवाहरुको चाहना र पहलवाट २०५७ सालमा सहकारी ऐन २०४८ लाई संशोधन गरी सहकारी बैंक स्थापनासम्बन्धी व्यवस्था गरियो। नेपाल सरकारको १ करोड सेयर रकम र सहकारी संघ-संस्थाहरुको सहभागितामा २०६० असार २५ गते राष्ट्रिय सहकारी बैंक लिमिटेड विधिवत रुपमा दर्ता भएको थियो ।

बैंकले आफ्ना सदस्य सहकारी संंघ संंस्थाहरूबीच २०६१ साउन १९ गतेदेखि कारोवार सुरु गरेको हो । सहकारी विभागको मातहतमा सञ्चालन हुँदै आएको बैंकले २०६७ साउन १० गते नेपाल राष्ट्र बैंकबाट सीमित बैंकिङ कारोबार गर्न स्वीकृति प्राप्त गरी आफ्नो कारोबार गर्दै आएको छ ।

यो बैंकमा नेपाल सरकार, राष्ट्रिय सहकारी विकास बोर्ड, राष्ट्रिय सहकारी संघ लिमिटेड, केन्द्रीय सहकारी संघहरू, जिल्ला सहकारी संघहरू, विषयगत सहकारी संघहरू, विभिन्न प्रकृतिका प्रारम्भिक सहकारी संस्थाहरू आबद्ध छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्