Shikhar Insurance

ठूला ५० ऋणिकाे सूची सार्वजनिक गर्न राष्ट्र बैंकलाई चुनौती

सिंहदरबार संवाददाता
२०८० श्रावण ४, बिहीबार १३:२०
NIMB
Nabil Bank

काठमाडौं । संसदीय समितिमा ठूला ऋणिहरुको विवरण सार्वजनिक गर्नुपर्ने आवाज उठेको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले ठूला ऋणिहरुको विवरण सार्वजनिक गर्न नेपाल राष्ट्र बैंकलाई चुनौती दिएका हुन् ।

‘५० ठूला ऋणिहरुको विवरण सार्वजनिक होस्, हामी हेर्न चाहान्छौं, तिनले कति रोजगारी दिएका छन् ? कति कर तिरेका रहेछन् ? अर्थतन्त्रमा कति योगदान गरेका रहेछन् ? हामी जान्न चाहान्छौं’, सांसद् गिरीले भने ।

Citizen Life
Kumar Bank
Nepal Life

उनले एक खर्ब ऋण लिने व्यवसायीले कति कमाएका छन् ? कति कर तिरेका छन् ? लगायतका विषय नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्नुपर्नेमा जोड दिए । ‘एक खर्ब ऋण लिएको घरानाले कति कमायो? कति कर तिर्यो ? हामी जान्न चाहान्छौं ,’ उनले भने ।

बैंकहरुले हुने खानेहरुको मात्रै सेवा गरेको गुनासो पनि उनले गरे । बैंकहरुले भुइँ मान्छेहरुको हित नहेरेको उनको गुनासो छ । उनले भृकुटी कागज कारखाना जस्ता ठाउँमा व्यवसायीहरुले बैंक ऋणको दुरुपयोग गरेकोमा आपत्ति पनि जनाए ।

GBIME

प्रतिक्रिया दिनुहोस्