Shikhar Insurance

अर्थमन्त्री र मेरो सम्बन्धमा कुनै समस्या छैन- गभर्नर अधिकारी

सिंहदरबार संवाददाता
२०८० श्रावण ४, बिहीबार १४:२७
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री र आफ्नो सम्बन्धमा कुनै समस्या नरहेको दाबी गरेका छन् । अर्थ समिति बैठकमा सांसद्हरुले अर्थमन्त्री र गभर्नरको सम्बन्धबारे प्रश्न गरेपछि गभर्नर अधिकारीले आफूहरुको सम्बन्धमा कुनै समस्या नरहेको दाबी गरेका हुन् ।

उनले बजेट बनाउँदा पनि अर्थमन्त्रीसँग नजिक रहेर काम गरेको स्मरण पनि गरे । सरकारकै निर्णयमा आफू भारत र क्यानाडा भ्रमणमा गएर सरकारको प्रतिनिधिका रुपमा नेतृत्व गरेको पनि उनले बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

उनले आफू कर्मचारी भएकाले राजनीतिसँग नजोड्न आग्रह पनि गरे । राजनीतिक आस्थाका आधारमा धारणा बनाउन नहुनेमा जोड दिए । कुनै बेला डेमोक्रेटिक विचार भएका गभर्नरले नेतृत्व गरेको त कुनै बेला लेफ्टिष्ट गभर्नरले नेतृत्व गरेको तर राष्ट्र बैंकले आफ्नो प्रणालीअनुसार नै काम गरेको उनको भनाइ छ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्