Shikhar Insurance

प्रभु बैंकका ग्राहकलाई डेन्टल केयरमा उपचार गर्दा २० प्रतिशत छुट

सिंहदरबार संवाददाता
२०८० श्रावण ४, बिहीबार १७:५३
NIMB
Nabil Bank

काठमाडौं। प्रभु बैंक धुलिखेल शाखा र धुलिखेल डेन्टल केयर प्रालिबीच बैंकका ग्राहकहरुलाई विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौताअनुसार बैंकका ग्राहकहरुले सो डेन्टल केयरबाट सेवा लिएबापत बैंकको डेविट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ र क्युआर कोडबाट भुक्तानी गर्दा सबै उमेर समूहका व्यक्तिको दाँतको उपचार शुल्कमा २० प्रतिशत छुट पाउनेछन् । सम्झौतापत्रमा बैंकको धुलिखेल शाखाका प्रमुख हरिकृष्ण दाहाल र डेन्टल केयरका प्रबन्ध संचालक अमिर हमालले हस्ताक्षर गरेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

प्रभु बैंकले काभ्रे जिल्लामा ८ वटा शाखा धुलिखेल, बनेपा, पनौती, नाला, साँगा, पाँचखाल, दोलालघाट र नाल्दुम नगरकोटबाट वित्तीय सेवा प्रदान गर्दे आएको छ । “विश्वास लिन्छौं, विश्वास दिन्छौं” भन्ने नाराका साथ शक्तिशाली, मजबुद, प्रगतिशिल र विश्वसनीयताका साथ नयाँ उचाइमा रहेको प्रभु बैंकले आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

हाल बैंकको कुल शाखा ३ सय १ पुगेको छ भने ७१ वटा एक्सटेन्सन काउन्टर २६ वटा शाखा रहित बंैकिङ र २ सय ७५ वटा एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्