Shikhar Insurance

सानिमा बैंकमा अब ब्यालेन्स सर्टिफिकेट र गुड फर पेमेन्ट चेकबारे अनलाइनबाट नै जानकारी लिन सकिने

सिंहदरबार संवाददाता
२०८० श्रावण ५, शुक्रबार १६:३१
NIMB
Nabil Bank

काठमाडौं । सानिमा बैंकले ब्यालेन्स सर्टिफिकेट र गुड फर पेमेन्ट चेकबारे अनलाइनमार्फत आधिकारिक जानकारी लिन सकिने सुविधाको सुरुवात गरेको छ ।

सानिमा बैंकद्वारा जारी गरिएका ब्यालेन्स सर्टिफिकेटको आधिकारिकता उक्त ब्यालेन्स सर्टिफिकेटमा उल्लेखित क्युआर कोर्ड स्कयान गरेर तथा बैंकको आधिकारिक वेबसाइटमार्फत लिन सकिनेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

यसैगरी, बैंकले गुड फर पेमेन्ट चेकको अनलाइनबाट आधिकारिकताको जानकारी लिन सकिने सुबिधाको व्यवस्था गरेको छ । यसअन्तर्गत गुड फर पेमेन्ट चेकको आधिकारिकता बैंकको आधिकारिक वेबसाइटमार्फत लिन सकिनेछ ।

यस सुविधाको सुरुवातसँगै नक्कली ब्यालेन्स क्रेटिफिकेसन र नक्कली गुड फर पेमेन्ट चेकहरूबाट ग्राहकहरूलाई सुरक्षित राख्न मद्दत पुग्ने बैंकले विश्वास गरेको छ ।

सानिमा बैंककोे सातै प्रदेशमा १ सय ३२ वटा कार्यालयहरु र १ सय २२ वटा एटिएम सञ्जाल छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्