Shikhar Insurance

सेतीखोला हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल नियुक्त

सिंहदरबार संवाददाता
२०८० श्रावण ५, शुक्रबार १६:४९
NIMB
Nabil Bank

काठमाडौं । सेतीखोला हाइड्रोपावरले आईपीओ निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासीन्दाहरु तथा सर्वसाधारण लगानीकर्ताहरुमा आईपीओ निष्काशन गर्नका लागि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।

कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रूपैयाँ दरको ६० लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासीन्दाहरु तथा सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि कुमारी क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

उक्त सम्झौता-पत्रमा सेतीखोला हाइड्रोपावरका तर्फबाट संचालक समितीका अध्यक्ष अनुप आचार्य तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका हुन् ।

सेतीखोला हाइड्रोपावरको अधिकृत पूँजी एक अर्ब ५० करोड रूपैयाँ, जारी पूँजी एक अर्ब ५० करोड रूपैयाँ, र चुक्ता पूँजी ८८ करोड ४६ लाख ४५ हजार रूपैयाँ रहेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्