Shikhar Insurance

माछापुच्छ्रे बैंक क्युआर प्रणालीमा भ्वाइस बक्स ल्याउने पहिलाे

सिंहदरबार संवाददाता
२०८० श्रावण ७, आईतवार १०:४०
NIMB
Nabil Bank

काठमाडौं। माछापुच्छ्रे बैंकले नेपालमा पहिलोपल्ट क्युआर प्रणालीमा भ्वाइस बक्स प्रविधिको नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागलगायत यस बैंकका अन्य केही स्थानहरुबाट शुभारम्भ गरेको छ।

यो प्रविधि प्रयोगमा ल्याउने माछापुच्छ्रे बैंक नेपालमै पहिलो बैंक भएको छ । साउन ५ गते शुक्रबारबाट क्यसआरमा भ्वाइस बक्स जडान गरी माछापुच्छ्रे बैंकले यो नविनतम प्रविधिको सुरुवात गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

अब माछापुच्छ्रे बैंकका क्युआर मर्चेन्टहरुले क्युआरमार्फत भुक्तानी प्राप्त गर्दा कारोबार सफल भएको जानकारी एसएमएस सँगसँगै ध्वनिमार्फत हुने जानकारी गराएकाे छ। जसले गर्दा सेवाग्राही तथा मर्चेन्टहरुमाझ क्युआरप्रति लोकप्रियता एवम् विश्वसनियता अझ बढ्ने अपेक्षा गरिएको छ, साथै भविष्यमा नगदरहित कारोबारलाई समेत टेवा पुग्ने देखिन्छ ।

यस सुविधाबाट हजारौं साना तथा मझौला क्युआर मर्चेन्टहरु प्रत्यक्ष लाभान्वित हुने छन् । सोको प्रयोगले ग्राहक र मर्चेन्टहरुबीच देखिएका केही भुक्तानीसम्बन्धी विवाद निराकरण हुने विश्वास लिएका छौं ।

हाल उक्त सेवा नेपाल पे क्युआरका मर्चेन्टहरुमा उपलब्ध रहेको र छिट्टै अन्य नेटवर्कमा पनि जडान गरिने जानकारी गराउँदछौं । यसबाहेक फरक–फरक माध्यमहरुमार्फत डिजिटल भुक्तानी सुविधालाई सहज बनाउन आफ्ना ग्राहकहरुका लागि नवीन उत्पादन र सेवाहरु ल्याउन माछापुच्छ्रे बैंक सधैं तत्पर रहेको छ । बैंकले नगदरहित बंैकिङलाई बढावा दिँदै पहिलो डिजिटल ‘स्मार्ट बैंक’ का रुपमा आफूलाई स्थापित गर्ने लक्ष्यमा निरन्तर अगाडि बढिरहेको छ ।

हरेक क्षेत्र र वर्गकाग्राहकलाई सरल र सहज बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ बैंकले देशका ७ वटै प्रदेशमा १ सय ६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १ सय ३० शाखारहित बैंकिङ सेवा, २०३ एटिएममार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्