Shikhar Insurance

नबिल बैंक राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२२ बाट सम्मानित

सिंहदरबार संवाददाता
२०८० श्रावण ७, आईतवार १०:५६
NIMB
Nabil Bank

काठमाडाैं । नबिल बैंक नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबाट वार्षिक रुपमा प्रदान गरिने राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२२ बाट सम्मानित भएको छ ।

नबिलले बैंकिङ क्षेत्रतर्फको सिल्भर अवार्ड प्राप्त गरेको हो । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले आर्थिक वर्ष २०२१/२२ को वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि उक्त अवार्ड प्रदान गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

काठमाडौंमा आज आयोजित एक कार्यक्रममा प्रमुख अतिथि अर्थमन्त्री डा. प्रकाशशरण महतले नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेलाई अवार्ड हस्तान्तरण गरेका थिए । बैंकको उक्त पुरस्कृत वार्षिक प्रतिवेदनले नेपालको तर्फबाट दक्षिण एसियाली स्तरमा आयोजना हुने साफा वीपीए अवार्डका लागि प्रतिस्पर्धा गर्नसमेत मनोनीत हुनेछ ।

नबिल बैंक नेपालको एक अग्रणी बैंक हो । नबिलले २० लाखभन्दा बढी सेवाग्राहीलाई देशभरिको २ सय ६५ शाखा र २ सय ९८ एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ । नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुंगाको रूपमा काम गर्दै आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्