Shikhar Insurance

मिटरब्याजी र कर्जा लिइ सम्पर्कमा नआउनेलाई देउरालीको १५ दिने अल्टिमेटम

सिंहदरबार संवाददाता
२०८० श्रावण ७, आईतवार १४:०३
NIMB
Nabil Bank

काठमाडौं । ललितपुरको सातदोबाटोस्थित केन्द्रीय कार्यालय रहेको देउराली सहकारीले अनुचित लेनदेन गर्ने मिटरब्याजी र कर्जा लिइ पटक–पटक ताकेता गर्दा पनि सम्र्पकमा नआउने ठूला ऋणि तथा कर्मचारीलाई १५ दिने सूचना जारी गरी हिसाव मिलान गर्न आउन अनुरोध गरेको छ ।

देउरालीले विज्ञप्तिमार्फत उल्लेख गरेको छ । कर्जा लिइ सर्म्पकमा नआउने र सर्म्पकमा रहेर पनि कर्जा तिर्न अटेर गर्ने व्यक्ति तथा संस्थालाई १५ दिनभित्र सम्पर्कमा नआए सरकारको कानुनअनुसार कारबाही अगाडि बढाउने जानकारी गराएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

यसरी सम्पर्कमा नआउनेमा रोविन मर्हजन (पुल्चोक ललितपुर), सीताराम राउत (धापाखेल, लतितपुर), विवेक केसी (धापाखेल ललितपुर), आशिष प्रधान (धापाखेल ललितपुर ) देबेन्द्र आर्चाय (कीर्तिपुर ४) मोहन घिमिरे (सामाखोसी काठमाडाैं), सुमन मर्हजन (सातदोबाटो १५, ललितपुर देउरालीको सचिव), सञ्जय अधिकारी (दरबारमार्ग रेमण्ड सुट पसलको साहु), रवी मर्हजन (सुनाकोठी कर्म कन्ट्रक्सनको साहु, विशाल नारायण भारी (कालीमाटी काठमाडौं), रुविन मर्हजन भैंसेपाटी ललितपुर रहेका छन् ।

संस्थाको कर्जा लगानी लगानी गर्दा आफ्नो मनोमानी तरिकाले लगानी गरी र नगद अपचलन गरी भागेका कर्मचारीहरुमा अनन्त श्रेष्ठ (सेवा केन्द्र भक्तपुरको प्रबन्धक, राजेन्द्र खत्री ( सेवा कैन्द्र भक्तपुरका कर्जा मेनेजर) सरोज थापा –कर्जा उपप्रमुख), पार्वता भुसाल (मुख्य कार्यालयको बजार प्रमुख), प्रेमिशा पुरी (मुख्य कार्यालयको नगद काउन्टर प्रमुख), अनुप न्यौपाने (मुख्य कार्यालय कर्जा प्रमुख) रहेका चौलागाइले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

पटक-पटक ताकेता गरेपछि र सम्पर्कमा नआएपछि यसरी नामहरु सार्वजनिक गर्न आफु बाध्य भएको देउरालीका अध्यक्ष रवीन्द्र चौलागाईंले बताएका छन् ।सहकारीमा लामो समयदेखि कर्जा नतिर्ने अटेरी गर्ने ऋणिहरुको खाता, जाय जेथा रोक्का राखेर भएपनि कर्जा उठाउन सहकारी मन्त्रलयको सुचनाले सहयोग पुग्न अध्यक्ष चौलागाइले बताए ।

बागमती प्रदेश सरकारले भनेको छ ‘विभिन्न बहानाबाजी एवं केही पक्षले सहकारी संस्थाको ऋण तिर्न नपर्ने भन्ने भ्रामक र गैरजिम्मेवारीपूर्ण अभिव्यक्तिको आधारमा ऋण चुक्क्ता नगर्ने परिपाटीले सदस्यहरुको बचत फिर्ता गर्न असहज परिस्थिति सिर्जना भएको भन्ने गुनासा प्राप्त भएका छन् । देउराली सहकारीले साउन १५ गतेदेखि बचतकर्ताहरुको फिर्ता गर्न बाँकी रहेको रकमलाई क्रमिक रुपमा सदस्य सेवा केन्द्र न्युरोड बोलाई साना बचतकर्तार्ला नगद र ठूला बचतकर्तालाई जग्गा दिने कार्य निरन्तर गर्ने अध्यक्ष चौलागाईंले बताए ।

देउराली सहकारी संस्था समस्यामा परेदेखि सातदोबाटोको मुख्य कार्यालय र भक्तपुरको सेवा केन्द्र बन्द गरी न्युरोडबाट सेवा दिने गरेको अध्यक्ष चौलागाईंले बताए । सहकारी विभाग नयाँ बानेश्वरले आगामी पुस मसान्तमा बचत फिर्ता नगद तथा जग्गाबाट गरिसक्नु पर्ने निवेदन जारी गरे पनि अध्यक्षले चाँडै नै देउरालीको बचत मिलान गरी पुन व्यवसायमा फर्कि बैंक तथा वित्तीय संस्थाको आगामी असार मसान्तसम्म मिलाइसक्ने बताएका छन् ।

चौलागाईंले साना तथा ठूला बचतकर्ताहरु र बैंकहरुको ऋण चुक्ता गरी कृषिमा क्रान्ति ल्याउने तरिकाले काम गर्ने बताएका छन् । उनको योजनामा १० लाख कुखुरा पालनका लागि आधुनिक खोर, पशुपालन, भैंसी र बाख्रा पालन, माछापालन, तरकारी खेती, दुग्धजन्य पदार्थका लागि दूध डेरीको स्थापनालगायत विभिन्न योजना बनाइ आन्तरिक तथा बाह्य उपभोक्तालाई वस्तु उत्पादन गर्ने बृहत परियोजना बनाउने जानकारी पाइएको छ ।

करिब ३ हजार कर्मचारीलाई रोजगारी दिलाउने गरी काम गर्ने योजना रहेको कुरा अध्यक्ष चौलागाईंले बताए । उक्त परियोजनाका लागि करिब ७ सय करोड बराबारको लगानी लगाउने कुरा उनीले बताए। अध्यक्ष चौलागाई आफू सबैभन्दा बढी मिटरब्याजीबाट पीडित हुनु परेको जनाएका छन् । सहकारी समस्यामा पार्ने मुख्य मिटरब्याजीलाई असार १२ गते मुद्दा दर्ता नं ३५ जिल्ला प्रशासन कार्यालयमा दर्ता गराएका छन् ।

उक्त मुद्दा बैंकको स्टेटमेन्ट सहितको पूर्ण कारोबारको प्रमाणसहित पेस गरेको रिट मद्दा दर्ता भएपछि २ जना मिटरब्याजीले चलनचल्तीभन्दा माथिको ब्याज फिर्ता गरी मुद्दा फिर्ता लिएको कुरा अध्यक्ष चौलागाईंले बताए । तर, अरू मिटरब्याजीले पैसा फिर्ता नदिइ उल्टै चौलागाईंसँग कारोबार गर्दा १ करोड नगद दिँदा ५ करोडको चेक लिने गरेको पाइएको छ ।

उनीहरुले अध्यक्ष चौलागाई विभिन्न धाकधम्की दिने, चेक वाउन्स गरी पुलिस केस गर्ने, तथा ज्यान मार्ने धम्की समेत दिने गरेका कुरा पाइएको छ । त्यसैले उनले नेपाल सरकारको सम्बन्धित निकायहरुसँग शान्ति सुरक्षा लिइसकेको र मिटरब्याजीहरुलाई हरहालतमा नछाड्ने बताउँछन् चौलागाइले । मिटरब्याजीसम्बन्धी कानुन बनिसकेकोले आफू अब कदापी पछि नह्टने अध्यक्ष चौलागाईंले बताए । मिटरब्याजीले ठूलो मात्रामा नगद, घर, जग्गा, लिएको सक्कल प्रमाण जिल्ला प्रशासन कार्यालयमा भेटिएको कुरा उनले बताए ।

आफ्नै कर्मचारीले पनि १५ दिने सूचना लिने सूचना जारी गरी आफूले प्रयोग गरेको सवारी साधन फिर्ता गर्न र लिएको कर्जासमेत फिर्ता गर्न अनुरोध गरेको उनले बताए । चौलागाईंले देउराली सहकारीको मुख्य कार्यालय रहेको भवनको मालिकलाई पनि मुद्दा हालेका छन् । उक्त घर देउराली सहकारी र चाैलागाईंबीच १० वर्षका लागि सम्झौता भएको उनले बताए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्